नेपाल मर्चेन्ट बैंकर्स संघमा नयाँ कार्यसमिति - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, December 9, 2018

नेपाल मर्चेन्ट बैंकर्स संघमा नयाँ कार्यसमिति

नेपाल मर्चेन्ट बैंकर्स संघमा नयाँ कार्यसमिति चयन भएको छ । संघको नवौँ साधारणसभाले निर्विरोध रूपमा सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमल्सिनाको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

साधारणसभाले उपाध्यक्षमा एनआइबिएलएस क्यापिटल लिमिटेडका महाप्रबन्धक मेघबहादुर थापा, महासचिवमा सनराइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र कोषाध्यक्षमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकाललाई निर्विरोध चयन गरेको हो ।

त्यस्तै सदस्यहरूमा कृति क्यापिटल लिमिटेडका प्रबन्ध निर्देशक दीपेशकुमार वैद्य, नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सविर वादे श्रेष्ठ र आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा. रमेशकुमार भण्डारी निर्विरोध निर्वाचित भएको संघले जनाएको छ ।

साधारणसभाबाट संघको विधान संशोधन गरी पुँजीबजारमा कार्यरत अन्य संघसंस्थालाई एसोसियट सदस्यका रूपमा संघमा आबद्ध हुने मार्ग प्रशस्त गरिएको जनाइएको छ । साधारणसभाबाट पुँजीबजारको विकासमा अग्रसर हुने तथा यसलाई व्यवस्थित र मर्यादित बनाउने विभिन्न कार्यक्रमका साथै संघ मर्चेन्ट बैंकिङसम्बन्धी एसियाली राष्ट्रहरूको संगठन एसियन सेक्युरिटिज फोरममा आबद्ध हुन प्रक्रिया अगाडि बढाउने कार्यक्रमसमेत पारित गरिएको संघले जनाएको छ ।

The post नेपाल मर्चेन्ट बैंकर्स संघमा नयाँ कार्यसमिति appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2rqpeM9

No comments:

Post a Comment

Post Bottom Ad

Pages