शिवम सिमेन्ट उद्योग नजिकै बम - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, May 28, 2019

शिवम सिमेन्ट उद्योग नजिकै बम

१४ जेठ, हेटौंडा । हेटौंडा-१८ हटियामा रहेको शिवम् सिमेन्टको कम्पाउण्ड नजिकै बम फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सिमेन्ट उद्योगको  दक्षिणतर्फको पर्खाल नजिकै प्रेसर कुकर बम फेला परेको हो ।

‘कुकरमा खतरा लेखिएको छ । बाहिरबाट हेर्दा बम जस्तै देखिन्छ,’ मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले भने ।

बम निष्कृय पार्नका लागि नेपाली सेनाको डिस्पोजल टोली घटनास्थल पुगेको छ ।



from Online Khabar http://bit.ly/30QqPLV

No comments:

Post a Comment

Post Bottom Ad

Pages