राजधानी समाचारदाता
काठमाडौं, २ असोज
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस नवीनकुमार घिमिरेविरुद्ध संसदीय सुनुवाइ समितिमा कुनै पनि उजुरी परेको छैन । समितिले २३ भदौदेखि १ असोजसम्म १० दिनको समायवधि राखेर उजुरी आह्वान गरेकोमा कुनै उजुरी नपरेको हो ।
मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले बिहीबार सुनवाई गर्ने निर्णय गरेको छ । संवैधानिक परिषदले गत २० भदौमा उनलाई प्रमुख आयुक्तमा सिफारिस गरेको थियो ।
संवैधानिक अंगका प्रमुखको संवैधानिक परिषदले गरेको सिफारिस संसदीय समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
from Rajdhani Daily https://ift.tt/2pjI32l

No comments:
Post a Comment