राजधानी समाचारदाता/काठमाडौं ।
२०औं संस्करणको इमेज म्युजिक अवार्डका लागि विभिन्न १८ विधामा उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा एक समारोहबीच उत्कृष्ट १८ विधाको मनोनयन सार्वजनिक गरिएको हो । सोही समारोहमा मनोनयनमा परेकाहरुलाई प्रमाणपत्र प्रदान गरियो ।
यही २० असोजमा राजधानीमा सम्पन्न हुने यो अवार्डमा आधुनिक, लोक, लोकदोहोरी, पप, राष्ट्रिय भावनाले ओतप्रोत गीत, संगीत, रचना र म्युजिक भिडियोमा उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको हो ।
यसमा आधुनिक गीततर्फ गायकमा मनोनयनमा आँसुको अर्थ…बाट शिव परियार, कुसुम…बाट हेमन्त शर्मा, जाऊ तिमी…बाट कर्माग्याल्जेन बोमजन, मधुर मिलन…बाट सत्यराज आचार्य र जुन ताराको…बाट अजर जंगम मनोनयनमा परेका छन् ।
आधुनिक गायन महिलातर्फ तिम्रै नाउँमा…बाट निशा देसार, वनफूल…बाट दुर्गा परियार, पखेटा…बाट प्रविशा अधिकारी, नरोऊ तिमी…बाट निखिता थापा, म आगो बोकेको…बाट बानिका प्रधान मनोनयनमा परेका छन् ।
आधुनिक गीत रचनातर्फ रमेश बिजी, आनन्द अधिकारी, राखी गौचन, एमडी फिराक र नारायण गौतम मनोनयनमा परेका छन् । उत्कृष्ट संगीततर्फ मनोनयनमा पर्नेहरुमा नरोऊ तिमी…बाट हरि लम्साल, तिरिकी तिताक…बाट राज सागर, छोरी अन्माउँदा…बाट सुरेश अधिकारी, जाउँला रेलैमा…बाट कमल खत्री र खाली हुँदा…बाट किरण कँडेल छन् ।
पप गायनतर्फ पुरुषमा मनमगन…बाट दीपक बज्राचार्य, हुरी आयो…बाट उल्सन श्रेष्ठ, ठुल्दाजु…बाट पुष्पन प्रधान, तिमी हिँड्ने…बाट सुगम पोखरेल र जाउँला रेलैमा…बाट कमल खत्री मनोनयनमा परेका छन् । पप गायन महिलातर्फ तिमीलाई…बाट आकांक्षा बस्याल, मनचरी…बाट श्रेया सोताङ, सिर सिरे बतास…बाट निखिता थापा, मायालुकी…बाट टिका प्रसाईं र कान्छा हौ…बाट प्रमिला राई मनोनयनमा परेका छन् ।
यस्तै युगल गायनमा इन्दिरा जोशी र आर्जन पाण्डे, ताराप्रकाश लिम्बु र मेमोरी लिम्बु, सुरजकुमार थापा र बानिका प्रधान, पुजन लोहागन र अनुपमा प्रधान, प्रोजेक्ट वान समूह मनोनयनमा परेका छन् ।
नवकलाकारको मनोनयनमा हुरी आयो…बाट उल्सन श्रेष्ठ, दोबाटोमा…बाट रिना अधिकारी, छामी हेरन…बाट सुवासचन्द्र जोशी, कान्छा हौ.. बाट प्रमिला राई तथा माथि माथि…बाट बविना किराती परेका छन् ।
यसपटक उत्कृष्ट गीतको मनोनयनमा टीका प्रसाईंको माया लुकी लुकी…, दीपक बज्राचार्यको मन मगन…, बानिका प्रधानको जानी नजानी…, कमल खत्रीको जाउँला रेलैमा र नरोउ तिमी…बाट निखिता थापा परेका छन् ।
इमेज म्युजिक अवार्डका लागि दोहोरी गीत गायनतर्फ मेम्सम खाती र चन्द्रकला बीसी, विष्णु माझी र सरेशरमण अधिकारी, रामजी खाँड र भिमु गुरुङ, रूपकुमार राई र मेनुका राई, पशुपति शर्मा र सम्झना भण्डारी मनोनयनमा परेका छन् । लोक गायनतर्फ मनोनयनमा परेकाहरुमा राजु ढुंगेल र मेलिना राई, सीता थापा, शान्तिश्री परियार, प्रकाश सपुत र नारायण रायमाझी, तुलसी पराजुली, नारायण रायमाझी र शर्मिला गुरुङ रहेका छन् । यस्तै लोकगीत संकलनतर्फ आरके नेपाली, डी आर अ टु, अभय ढुंगेल, प्रकाश सपुत, मनोजसिंह धामी र प्रसाद लामिछाने मनोनयनमा परेका छन् ।
यस्तै म्युजिक भिडियो, म्युजिक भिडियो निर्देशक, छायांकार, सम्पादकजस्ता विधाको पनि उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ ।
यसपटक पब्लिक च्वाइस अवार्डका लागि टीका प्रसाईं, चलचित्र मंगलम, चलचित्र ऐश्वर्य, चलचित्र कान्छीको गीत र दीपक बज्राचार्यको मनमगन परेको छ ।
from Rajdhani Daily https://ift.tt/2OvweBj

No comments:
Post a Comment