पुल्पुलिएकी श्रीदेवी - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, September 29, 2018

पुल्पुलिएकी श्रीदेवी

पुल्पुलिएकी श्रीदेवी

ध्रुव लम्साल

श्रीदेवी देवकोटा ६ कक्षामा पढ्थिन् । गाउँमै आयोजना भएको कार्यक्रममा गीत गाउन नाम लेखाइन् । कार्यक्रममा सहभागी श्रीदेवीले विधवासम्बन्धी गीत गाइन् । उनको गीत सुनेर धेरै मान्छे रोए ।
श्रीदेवीले स्टेजबाटै देखिन्, आमा र ठूलीमा पनि गीत सुन्न आएका रहेछन् र उनीहरूको पनि आँखामा आँसुु थियो । आमाको आँखामा आँसु देखेपछि श्रीदेवीका पनि आँखा रसाए ।

उनलाई अहिले पनि सम्झना छ, त्यही कार्यक्रम उनको गायनका लागि अगाडि बढ्ने एउटा आधार बन्यो । किनकि, उक्त कार्यक्रममा उनको स्वरको तारिफ गर्नेहरू धेरै थिए । पाल्पाको जल्पामा जन्मिएकी हुन्, श्रीदेवी । स्कुल पाल्पामै पढिन् । स्कुलमा हुने हरेक कार्यक्रममा सक्रिय रूपमा सहभागी हुन्थिन् । पढाइमा पनि ‘टप टेन’ विद्यार्थीमा पर्ने भएकाले शिक्षकहरूले उनको गायन कलालाई सकारात्मक रूपमा लिए ।कान्छी छोरी अलि पुल्पुलिएकी थिइन् । भारतमा बैंकमा काम गर्ने बालाई छोरीले गीत गाएको खास मन पर्दैनथ्यो । तर, आमा सपोर्ट गर्थिन् ।

‘बा जहिल्यै पढ मात्रै भन्नुहुन्थ्यो,’ श्रीदेवीले भनिन् ।छोरीलाई पढ भने पनि बाको गीतप्रतिको लगाब भने गज्जब थियो । अडियो क्यासेटको जमाना थियो । बजारमा नयाँ एल्बम आउनेबित्तिकै बाले किनेर ल्याइदिन्थे । तिनै गीत सुनेर गाउँथिन् श्रीदेवी ।
१० कक्षासम्म गाउँमै पढेकी श्रीदेवीलाई थाहा थियो । गाउँमै पढेर गायिका बन्न सकिँदैन । बालाई भन्थिन्, ‘म क्याम्पस पढ्न काठमाडौं जान्छु ।’ बाले नाइँ त भनेनन् तर बीएसम्म पाल्पामै पढे हुन्थ्योझैं गरे । श्रीदेवीको जिद्दीका अगाडि बाले हारे, उनले जितिन् र काठमाडौं आइन् ।

आमाको आ“खामा आ“सु देखेपछि श्रीदेवीका पनि आ“खा रसाए । उनलाई अहिले पनि सम्झना छ, त्यही कार्यक्रम उनको गायनका लागि अगाडि बढ्ने एउटा आधार बन्यो । किनकि, त्यो कार्यक्रममा उनको स्वरको तारिफ गर्नेहरू धेरै थिए

काठमाडौं आएलगत्तै पढाइसँगै संगीत सिक्न थालिन् । गाउँमा हुँदा अरूका गीत सुनेर गाउने श्रीदेवीलाई संगीतको कखरा मात्रै सिक्नु थिएन । आफ्नै मौलिक गीत गाउनु पनि थियो । ६ महिना भोकल क्लास लिएपछि गीत रेकर्ड गराइन्, शिरमा सिउँदो छ….। राजु परियार र खुमन अधिकारीसँग पञ्चेबाजा गीत गाइन्, राम्रै चर्चा पायो ।
सुरुमा अरूकै गीतमा स्वर भर्दै आएकी श्रीदेवीले जब गीत गाएर केही पारिश्रमिक पाइन् । उनलाई लाग्यो, अब आफ्नै लगानीमा केही गर्नुपर्छ । ‘अरूको गीत गाएर पारिश्रमिक लिने होइन । आफैंले लगानी गरेर नाफा खानुपर्छ भन्ने लाग्यो,’ श्रीदेवीले भनिन् ।
अहिलेसम्म उनको स्वरमा पाँच सय बढी गीत रेकर्ड भएका छन् भने आफ्नै लगानीमा ६० बढी एल्बम सार्वजनिक भएका छन्् ।

२०७१ सालमा गाएको तीज गीत ‘मेरो त पिठ्युँमा बेसरी चिलायो कनाई देऊन वाई…’ बाट राम्रै सफलता पाइन् । उक्त गीत अश्लील भएको आरोप पनि लाग्यो । तर, श्रीदेवी आफ्ना कुनै पनि गीत अश्लील नभएको दाबी गर्छिन्, ‘मेरा केही गीत कमेडी छन्, कमेडी गीतमा दुईअर्थ लाग्ने शब्द छन् तर अश्लील होइन ।’
उनका ढाडे बिरालो, चोर बिरालो पल्क्यो, मच्चायो धमाका, लाटो कोसेरो, सिरानी टाङ मकै खाउली महीसित (रोइला), धोका नदेऊ है, यो दसैंमा आउँदैनौं जस्तो छ (दसंै गीत) आमाले टपरी गासेको किन हो (पञ्चे बाजा) वान पिस लगाएँ, लुते बिरालोलगायतका गीत चर्चित छन् । स्वदेशमा आयोजना हुने विभिन्न महोत्सवमा सहभागी हुने श्रीदेवीले बेलायत, मलेसिया, थाइल्यान्ड, सिंगापुर, दुबई, नयाँ दिल्ली, सिकिम, दार्जिलिङलगायतका मुलुकमा गएर प्रस्तुति दिएकी छन् । हरेक तीजमा नयाँ गीत लिएर आउने श्रीदेवी अहिले दसै–तिहारसम्बन्धी गीतमा व्यस्त छिन् । पछिल्लो समय अवार्डमा उपस्थिति जनाउन थालेकी श्रीदेवीलाई लाग्न थालेको छ, ‘अबका गीत मनोरञ्जन मात्रै होइन, सन्देशमूलक पनि हुन जरुरी छ ।’



from Rajdhani Daily https://ift.tt/2NOcaOq

No comments:

Post a Comment

Post Bottom Ad

Pages