राजधानी समाचारदाता
काठमाडौं, २ असोज
काठमाडौंको कलंकीस्थित एक होटलमा २१ वर्षीय एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । बलात्कारमा संलग्न तीन जनालाई प्रहरीले पक्राउसमेत गरिसकेको छ ।
नागार्जुन नगरपालिका ७ हसनटार बस्ने २१ वर्षीया युवतीलाई उनीहरुले ललाई फकाई होटलमा ल्याएर जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
ती युवती हराएको निवेदनपछि महानगरीय प्रहरी वृत्त कालीमाटीले खोजतलास तिब्र पारेको थियो । खोजतलासका क्रममा ती युवतीलाई प्रहरीले होटलमा भेटेको थियो ।
पक्राउ पर्नेहरुमा काठमाडौं नागार्जुन नगरपालिका ८ मजुवा बस्ने ३३ वर्षीय सूर्य राना, नुवाकोट रालुकादेवी गाउँपालिका ९ घर भई कलंकी बस्ने ३९ वर्षीय अर्जुन लामा, र भीमढुंगा नर्सरीमा होटल सञ्चालन गर्ने ४० वर्षीय रामकृष्ण नगरकोटी रहेका छन् ।
from Rajdhani Daily https://ift.tt/2NQkegx

No comments:
Post a Comment