रामपुर चनौलीखण्डमा यात्रुलाई सास्ती - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, September 18, 2018

रामपुर चनौलीखण्डमा यात्रुलाई सास्ती

२ असोज, चितवन । पश्चिम चितवनलाई भरतपुरसँग जोड्ने मुख्य सडक मध्येको एकखण्ड रामपुर चनौली सडक समयमा नै निर्माण सुरु नहुँदा यहाँका स्थानीयलाई सास्ती भोग्नुपरेको छ ।

दैनिक सयौं गाडीहरु गुड्ने यो सडकमा ठूला ठूला खाल्डा परेका छन् । केही दिनदेखि चितवनमा लगातार परिरहेको पानीले ती खाल्डाहरु पोखरी जस्ता बनेका छन् ।

रामपुरदेखि चनौलीसम्म चार किलोमिटर छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालको निर्वाचन क्षेत्रमा पर्ने यो सडकखण्डमा उनकै पहलमा वजेट ल्याएर ठेक्का लगाएर ठेकेदार छनौट भएपनि काम सुरु भएको छैन ।

सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख धमेन्द्र झाले सडक निर्माणका लागि भ्याट बाहेक ५ करोड १३ लाख रकममा ठेक्का सम्झौता गत असारमा गरिएको बताए । मृत सञ्जिवनी बिराज एण्ड ब्रर्दश जेभीले सडक निर्माणको ठेक्का पाएको छ ।

ठेक्का सम्झौता अनुसार सडक डवल लेनको सोल्जरसहित अस्फाल्ट क्रंकिटबाट निर्माण गर्ने उल्लेख छ । निर्माण कम्पनीका ठेकेदार राजु सडौंलाले अहिले खोला बन्द रहेका कारणले निर्माण सुरु गर्न नसकिएको बताए ।

नगरपालिकाहरुले खोला खोलेपछि दशैं पछाडि निर्माणको काम अघि बढाउने उनले दावी गरे । ठेक्का समझौता अवधि एक बर्षको छ । ‘अहिले तत्काल खाल्डा पुरेर ग्रेडर लगाउनका लागि ग्राभेल थुपारेका छौं, भोलिबाट नै काम सुरु हुन्छ’, ठेकेदार सडौंलाले भने, ‘समयमा नै सडक निर्माण हुन्छ, दशैं लगत्तै डे्रनको काम अघि बढ्छ, अहिले बषर्ा र ग्राभेलको अभाव भएकोले निर्माण नभएको हो ।’ भरतपुरको चौंविसकोठीदेखि चनौंलीसम्म १६ किलोमिटर छ ।



from Online Khabar https://ift.tt/2xsvDZY

No comments:

Post a Comment

Post Bottom Ad

Pages