नाफा कमाउन बैंकको होडबाजी, सबैभन्दा बढी कमाउनेमा राष्ट्रिय वाणिज्य बैंक - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, November 20, 2018

नाफा कमाउन बैंकको होडबाजी, सबैभन्दा बढी कमाउनेमा राष्ट्रिय वाणिज्य बैंक

 

काठमाडौ। चालू आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूमा नाफा कमाउन होडबाजी चलेको छ । अहिले सञ्चालनमा रहेका कुल २८ वटा वाणिज्य बैंकले धमाधम वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् ।

पहिलो त्रैमासमा वाणिज्य बैंकहरूले १५ अर्ब ४३ करोड रुपैयाँ नाफा कमाएका छन् । बैंकले गत वर्ष १० अर्ब ५२ करोड ६७ लाख नाफा गरेका थिए । बैंकहरूको सो नाफा गत आवको सोही अवधिमा ४६ दशमलव ५९ प्रतिशत बढी हो । पहिलो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक तथा नबिल बैंकले अर्बभन्दा बढी नाफा कमाएका छन् ।

यस अवधिमा सबैभन्दा बढी नाफा कमाउने बैंकहरूमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक रहेको छ । यस बैंकले पहिलो आवमा वाणिज्य बैंकले १ अर्ब ११ करोड ९० लाख रुपैयाँ नाफा कमाएको छ । नेपाल इन्भेस्टमेन्ट बैंकले १ अर्ब ५ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको छ ।

बैंकले गत वर्षको सोही अवधिमा ८९ करोड ४९ लाख नाफा कमाएको थियो । यो बैंक बढी नाफा कमाउनेमा दोस्रो स्थानमा छ । त्यस्तै, बैंकको वित्तीय विवरणअनुसार नबिल बैंकले १ अर्ब ५ करोड २४ लाख नाफा कमाएको छ । बैंकले गत वर्षाको सोही अवधिमा ४ अर्ब ४ करोड १६ लाख रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै, सरकारी स्वामित्वको अर्काे वाणिज्य बैंक नेपाल बैंकले ९१ करोड ३८ लाख नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा बैंकले ९७ करोड १३ लाख नाफा कमाएको थियो । यस बैंकले लगभग ६ प्रतिशतले घटाएको छ । त्यस्तै, एनआईसी एसिया बैंकले यस अवधिमा ७८ करोड ६ लाख नाफा कमाएको छ । बैंकले गत वर्षको सोही अवधिको तुलनामा १८० प्रतिशतले नाफा बढाएको हो ।

बैंकले गत आवको असोज मसान्तसम्म २७ करोड ७९ लाख नाफा कमाएको थियो । त्यस्तै, कृषि विकास बैंकले ६६ करोड ३१ लाख नाफा कमाएको छ । बैंकले गत वर्षको सोही अवधिमा ३६ करोड ३९ लाख नाफा कमाएको थियो । त्यस्तै, मेगा बैंकको नाफा ८ करोड १८ लाख नाफा कमाएको छ । त्यस्तै, पहिलो त्रैमासमा बढी नाफा कमाउने बैंकमा प्रभु, सेन्चुरी, एनएमबी, जनता, सिद्धार्थ, कुमारी, माछापुच्छ«ेलगायत अधिकांश बैंकले नाफा बढाएका छन् ।

नयाँ लेखापरीक्षण विधि–नेपाल फाइनान्सियल सेक्टर रिपोर्टिङ स्ट्यान्डर्डस् (एनएफआरएस), लागू भएपछि बैंकले मुल्तबी ब्याज पनि नाफामा देखाउन सक्ने व्यवस्था छ ।

 

 

 



from Rajdhani Daily https://ift.tt/2QU0irq

No comments:

Post a Comment

Post Bottom Ad

Pages