१८ कात्तिक, बुटवल । सुकुम्बासी वस्तीमा इसाइ धर्म प्रचार गर्दै हिँडेको अभियोगमा प्रहरीले दुई विदेशीसहित चार जनालाई बुटवलको मोतीपुर क्षेत्रबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा जापानी नागरिक ४९ बर्षीय यासुको ओवा र ४५ बर्षीय मारी इक्युरा, गोरखा बारपाक घर भई हाल बुटवल ९ सुख्खानगर बस्ने ३५ बर्षीया तीर्थमाया घले, रुपन्देही तिलोत्तमा नगरपालीका नयाँ मिल बस्ने २५ बर्षीया पुष्पा घिमिरे रहेका छन् ।
बुटवल १७ मोतीपुर क्षेत्रको सुकुम्बासी वस्तीका गरीब परिवारमा इसाइ धर्म प्रचार गरिरहेको अवस्थामा स्थानीय वासिन्दाले खबर गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले धर्मको प्रचार सामाग्रीसमेत बरामद गरेको छ ।
हिन्दू धर्म वाहियात हो, मठ मन्दिर सैतानको घर हो भन्दै इसाइ धर्मको प्रचार गरेको देखेपछि आफुहरुले प्रहरीलाई खबर गरेको स्थानीय रबी पौडेलले बताए । उनीहरुमाथि अुसन्धान भइरहेको वडाप्रहरी कार्यालय बुटवल रामनगरका प्रमुख, प्रहरी निरीक्षक हेमबहादुर केसीले जानकारी दिए ।
from Online Khabar https://ift.tt/2qrdZT9
No comments:
Post a Comment