विराटनगर आइपुग्यो रेल - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, November 5, 2018

विराटनगर आइपुग्यो रेल

मोरङ। लामो प्रतीक्षापछि नेपालतर्फ विराटनगरसम्म भित्रिएको रेलको आइतबार भव्य स्वागत गरिएको छ । विराटनगर–१८ भेडियारीसम्म रेल भित्रिँदा स्थानीयसहित सरोकारवालाले भव्य स्वागत गरेका छन् ।
भारतीय पक्षले रेलको इन्जिन ल्याएर रेल्वे ट्र्याकको सफल परीक्षण गरेको हो । भारतको बथनाहादेखि विराटनगर–१८ स्थित बुधनगरसम्मको आठ किलोमिटर क्षेत्रको रेलको ट्र्याक आइतबार सफल परीक्षण भएको हो ।

निर्माण कम्पनी इर्कनका पदाधिकारी र भारतीय रेल विभागका अधिकारी सवार इन्जिन भारतको बथनाहादेखि नेपालको कस्टम यार्डसम्म आएको हो । न्यु बिजी रेल लाइन प्रोजेक्टअन्तर्गत सो ट्र्याक भारतीय निर्माण कम्पनी इर्कनले निर्माण गरेको हो । कम्पनीको प्रमुख अश्विनीकुमारले नेपालले रेल लाइनमा पर्ने जग्गा हस्तान्तरण गरे अबको डेढ वर्षभित्र कटहरीसम्म रेल पुग्ने बताए ।


३ सय ७३ करोड भारतीय रुपैयाँ लागतमा निर्माण भइरहेको उक्त परियोजनाले हालसम्म २३५ करोड बजेट खर्च भइसकेको र बथनाहादेखि बुधनगरसम्म ९५ प्रतिशत काम भएको कम्पनीले जनाएको छ । भेडियारीसम्म रेलको नियमित सञ्चालनका लागि भने अझै ४५ दिन लाग्ने रेल्वे ट्र्याक निर्माण कम्पनी इर्कनका डेपुटी जनरल मेनेजर नगेन्द्र कुमारले बताए ।

भारतको बथनाहादेखि नेपालको कटहरीसम्म १८ दशमलव ६ किलोमिटर रहेको छ । नेपालतर्फको कटहरीमा जग्गा मुआब्जा विवादका कारण कामले गति लिन भने सकेको थिएन । रेल्वेको परीक्षण सफल भएपछि पहिलो चरणमा मालवाहक रेल नेपाल आउनेछ । त्यसपछि सोही रेलमार्गमा थप लिंक निर्माण भएपछि यात्रुवाहक रेल नेपालतर्फको कटहरीसम्म आउनेछ । कोलकत्ताबाट नेपाल जोड्ने सिधा रेलमार्ग नहुँदा ढुवानी लागत बढेको गुनासो गर्ने नेपाली उद्योगी व्यवसायीलाई मालवाहक रेल सञ्चालनमा आएसँगै सामान आयातमा सहज हुने विराटनगर–१८ का वडाध्यक्ष सञ्जय साहले बताए । नेपाल र भारत सरकारबीच सन् २०१० मा विभिन्न ५ स्थानमा रेलमार्ग विस्तार गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

जसअनुसार यसको सम्पूर्ण खर्च भारत सरकारले बेहोर्ने र नेपालतर्फको जमिनको मुआब्जा नेपाल सरकारले बेहोर्ने समझदारी भएको थियो । समझदारीअनुसार सन् २०१७ सम्ममा नेपाली भूमिमा रेल ल्याउनुपर्ने भए पनि भारतको बथनाहादेखि नेपालको कटहरीसम्म १८ दशमलव ६ किलोमिटरमध्ये  आठ किलोमिटरको काम पूरा भएको छ । बाँकी काम मुआब्जा विवादले अवरुद्ध छ । तसर्थ, रेलमार्गलाई पूर्णता दिन समयमै मुआब्जा विवाद सल्टाउन भने सबै पक्ष गम्भीर हुनुपर्ने देखिन्छ ।



from राष्ट्रिय – Rajdhani Daily https://ift.tt/2DmfUAY

No comments:

Post a Comment

Post Bottom Ad

Pages