शिक्षक पेशा छाडेर तरकारीखेती - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, November 18, 2018

शिक्षक पेशा छाडेर तरकारीखेती

२ मङ्सिर, सुर्खेत । लेकबेँसी नगरपालिका–६ बाघखोर सुर्खेतका किसान पूर्णप्रसाद शर्मा तरकारी बालीबाटै सन्तुष्ट छन् । ५६ वर्षीय शर्माले तरकारीखेतीमा हात हालेको आज २२ वर्ष भयो । यसमा उनलाई गर्व लागेको छ ।

विसं २०५३ मा उहाँ नेरा प्रावि रानागाउँ सुर्खेतमा शिक्षक थिए  । पछि त्यो पेशालाई छाडेर उनी तरकारीखेती गर्न लागे । सुुरूमा उनले काँक्रा फलाए र स्थानीय बजारमा पाँचदेखि १० मा बिक्री गर्न थाले । यो देखेर उनका साथीसङ्गी अचम्मित भए । शिक्षक जागिर छाडेर कृषि गर्न लागेका शर्मालाई त्यतिबेला गाउँलेसमेतले पागल बनाए । यद्यपि गाउँलेको भनाइका पछि उनस् कहिल्यै लागेनन् ।

काँक्रो फलाएर तरकारीखेती सुरु गरेका शर्मा भने यतिबेला सबैका प्रेरणाका स्रोत बनेका छन् । हिजो पागल बनाउने गाउँले आजभोलि उनकै बारीमा आएर ताजा तरकारी किन्छन् र भन्छन्, ‘अहिले तपाईंको तरकारीखेती र श्रम देखेर हामी पागल हुन्छौँ ।’ शर्माले गोलभेडा, काउली, बन्दा, काँक्रा, प्याजलगायतका तरकारी फलाउँदै आएका छन् ।

‘करिब २२ वर्षदेखि तरकारी नै बेच्छु”, उनले भने, ‘आफ्नो खर्च कटाएर मासिक रु ४० देखि ५० हजार आम्दानी गर्छु ।’ ‘नेपालमा सबैभन्दा स्वाभिमान पेशा हो भने, त्यो कृषि नै हो’, उनले थपे,’जहाँ किसान स्वयंले उत्पादित वस्तुको मूल्य निर्धारण गरेर अरुलाई बेच्छ । आफैले चाहेको ताजा तरकारी खान्छ र सधैँ श्रमशील जीवनसँगै कृषि पाठशालामा रमाएर स्वच्छ खाना, हावापानीको प्रयोग गर्दछ ।

लेकबेसी नगरपालिकाका अगुवा कृषकका रुपमा मानिने शर्माले दुई रोपनी जमीनमा तरकारी खेती गरेका छन् । उनको त्यही व्यवसायको सहयोगले परिवारका छ सदस्यमा एक छोरा नेपाल प्रहरी र अर्को नेपाली सेनामा जागिर भए भने दुवै बुहारी स्नातक तहमा अध्ययनरत छन् । बाह्रै महीना सडक सञ्चालन नहुँदा लेकबेँसीका कृषकको उत्पादित वस्तुको बजारीकरणमा समस्या भएको उनको भनाइ थियो ।

दाम, नाम र माम दिलाउने कृषि पेशा नेपालमा कमजोर दृष्टिले हेरिनु दुर्भाग्य भएको उनले प्रतिक्रिया दिए ।  शर्मा भन्छन्,  ‘खाडी मुलुकमा हाम्रा युवा ५०/५५ डिग्री सेन्टिग्रेडको ताप र चापमा काम गर्दा ठूलो ठान्छन् तर आफ्नै देशमा पसिना चुहाएर कृषि व्यवसाय गर्न लाज मान्छन् ‘ आफ्नो देश, श्रम र पेशालाई सम्मान गर्न नसकेकै कारण नेपाल र नेपाली पछि परेको उहाँले गतिलो जवाफ दिए ।

शर्माले नेपालको कृषि नीति किसानमैत्री नभएको गुनासो गरे । राजनीतिक स्वार्थका कारण उत्पादनमा कमी आएको आरोप लगाउँदै कृषिमा प्राविधिक ज्ञान र व्यवहारिक तालिम नभए यसको क्रान्ति कुरामा मात्र सीमित हुने उनको बुझाइ छ ।

समृद्धि कृषि सहकारी संस्था लिमिटेड सुर्खेतको संस्थापक उपाध्यक्षको भूमिका निर्वाह गरिसकेका शर्माले आजभोलि गाउँका किसानलाई तरकारीखेती गर्ने विधि, बीउबिजनको गुणस्तर छनोट, रोग किरा नियन्त्रण, जैविक विषादी निर्माण तथा उत्पादनका विषयमा पनि किसानलाई सिकाउँदै आएका छन् ।  लेकँबेसी नगरपालिकालाई तरकारी पकेट क्षेत्रका रूपमा घोषणा गर्न उनले प्रदेश सरकारलाई अनुरोध गरेका छन् ।



from Online Khabar https://ift.tt/2RUtAX8

No comments:

Post a Comment

Post Bottom Ad

Pages