लमजुङमा पहिलो पटक पालिकास्तरिय भलिवल प्रतियोगीता हुने - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, November 4, 2018

लमजुङमा पहिलो पटक पालिकास्तरिय भलिवल प्रतियोगीता हुने

लमजुङमा पहिलो पटक पालिकास्तरिय भलिबल प्रतियोगीता हुने भएको छ । जिल्ला भलिवल संघ लमजुङको आयोजनामा आगामी मंसीर दोस्रो साता उक्त प्रतियोगीता हुन लागेको हो । शनिबार बेसींशहरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी सो कुरा जानकारी गराइएको हो ।

प्रतियोगीतामा जिल्लामा रहेका ४ नगरपालिका र ४ गाउँपालिका गरी ८ वटा स्थानिय तहका खेलाडी सहभागी हुनेछन् । जिल्ला भलिवल संघ लमजुङका अध्यक्ष दिवाकर बरालले जिल्लामै पहिलो पटक आयोजना गर्न लागिएको पालिकास्तरिय भलिवल प्रतियोगीताले भलिवल खेलको विकास गर्न सहयोग पुग्ने बताए ।

उनले भने भलिवल खेलको प्रशस्त सम्भावना र यस खेलमा युवाहरुको आकर्षण बढ्दो छ यस्ता प्रतियोगीताले जिल्ला भित्र छरिएर रहेका र लुकेका प्रतिभालाई बाहिर ल्याउन मद्धत पुग्नेछ ।

भलिवल प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ४० हजार, मेडल, प्रमाणपत्र र पशंसा पत्र, दोस्रो हुनेलाई नगद २५ हजार मेडल र प्रमाणपत्र र सान्तवना दुई समुहलाई नगद १०/१० हजार मेडल र प्रमाणपत्र प्रदान गरिने जिल्ला भलिवल संघ लमजुङका अध्यक्ष बरालले बताए । प्रतियोगिता मंसीर १४ देखि १६ गतेसम्म बेसीशहरको फुलबारी मञ्चमा सञ्चालन हुनेछ ।

The post लमजुङमा पहिलो पटक पालिकास्तरिय भलिवल प्रतियोगीता हुने appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2QevhhD

No comments:

Post a Comment

Post Bottom Ad

Pages