बत्तीसपुतलीस्थित होटल मिराज लर्डस इनमा छापा, १३ जुवाडे पक्राउ, साढे सात लाख बढी बरामद - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, November 18, 2018

बत्तीसपुतलीस्थित होटल मिराज लर्डस इनमा छापा, १३ जुवाडे पक्राउ, साढे सात लाख बढी बरामद

काठमाडौं, २ मंसिर । गौशाला प्रहरीले बत्तीसपुतलीस्थित होटल मिराज लर्डस इनमा शनिबार राति छापा मारेको छ । भारतीय होटल कम्पनी मिराजको नेपालस्थित सो होटलमा छापा मारेर प्रहरीले १३ जनालाई पक्राउ गरेको छ भने ७ लाख ६० हजार रुपैयाँ बरामद गरेको छ । सो होटलका सञ्चालक महेश गोयल हुन् ।

महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरी नायब उपरीक्षक सुनिल मल्लको कमाण्डमा गएको टोलीले होटलको पाँचौ तलाको कोठा नम्बर ५०२ मा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेकाको नाम सार्वजनिक गरेको छैन । पक्राउ पर्नेमा केही ढनाढ्य व्यक्तिसमेत रहेका छन् । प्रहरीले सबैको नाम सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।



from Rajdhani Daily https://ift.tt/2OQbl2Y

No comments:

Post a Comment

Post Bottom Ad

Pages