सुतेको बच्चामाथि उफ्रिने अनौठो पर्व - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, December 10, 2018

सुतेको बच्चामाथि उफ्रिने अनौठो पर्व

युरोपेली मुलुक स्पेन अनौठा पर्वहरुका लागि प्रसिद्ध मानिन्छ । कहिले गोरु जुधाउने त कहिले गोलभेँडाको युद्ध । स्पेनमा अर्को अनौठो पर्व पनि मानिन्छ, जसलाई बेबी जम्पिङ्ग फेस्टिबल भनिन्छ ।

यो पर्वमा भुइँमा सुताइएका बच्चाहरुमाथि हाइजम्प जस्तै गरी उफ्रिएर नाघिन्छ ।

यस पर्वमा नवजात शिशुहरुलाई भुइँमा सुताइन्छ । अनि विशेष पहिरन लगाएका पुरुषहरु ती बच्चामाथि उफ्रिएर नाघ्दै दौडिन्छन् । त्यसरी उफ्रिने पुरुषहरुलाई राक्षसको प्रतिक मानिन्छ ।

यसरी नाघिएका बच्चाहरु राक्षसी शक्तिबाट सुरक्षित हुने विश्वास छ । १७ औँ सताब्दीबाट यो पर्व मनाउन थालिएको हो ।

स्पेनको बुर्गोस प्रान्तस्थित क्यास्ट्रिोलोमा मनाइने यो क्याथोलिक पर्वको स्थानीय नाम एल कोलाचो हो ।

बच्चा जन्मिएको एक वर्षभित्रमा यस्तो कार्य गर्नुपर्ने मान्यता रहेको छ ।

एजेन्सी



from विचित्र संसार – Online Khabar https://ift.tt/2EkZCbX

No comments:

Post a Comment

Post Bottom Ad

Pages