नयाँ पत्रिका समाचार प्रभाव : फेरियो वडा कार्यालयको स्वरुप - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, December 10, 2018

नयाँ पत्रिका समाचार प्रभाव : फेरियो वडा कार्यालयको स्वरुप

रुकुम पश्चिमको मुसीकोट नगरपालिका १० को वडा कार्यालयको स्वरुप फेरिएको छ । एक महिना अगाडि जोखिमपुर्ण घरमा वडा कार्यालय शीर्षकको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित भएपछि जिर्ण भएर ढल्नै लागेको वडा कार्यालयको स्तरोन्नति भएको हो ।

त्रिपालले ढाकेर खरले छाएको घरमा वडाले साढे दुई लाख लगानी गरेर मर्मत गरेको छ । साथै, भत्किन लागेको घरको भित्ता मर्मत गरेर रंग रोगनसमेत गरी अस्थाई हल निर्माण गरेको छ । वडाले विगत डेढ वर्षदेखि स्थानीय पञ्चाराम बुढाको घर भाडामा लिएर कार्यालय सञ्चालन गरेको थियो ।

वडावासीको पायक पर्ने स्थान रहेकोले उक्त ठाउँमा अन्य घर नभएका कारण जोखिम मोलेरै भएपनि जिर्ण घरमा वडा कार्यालय राख्न बाध्य भएको र अब उक्त बाध्यताको अन्त्य भएको वडा सदस्य धनबहादुर खड्काले बताए ।

‘तत्कालै वडाको घर नबन्ने र मर्मत नगरी यतीकै बस्न नसकिने भएकाले घरको मर्मत गरेका हौं, वडाध्यक्ष गाेप्यश्वर केसीले भने–वडाको छुट्टै घर बन्न लागेको छ, वडाको घर निर्माण नहुँदा सम्म यसै घरबाट सेवा दिन्छौं ।’

वडा कार्यालय भवन निर्माणको लागि सोही ठाउँमा स्थानीयले निःशुल्क जग्गा उपलब्ध गराएका छन् । स्थानीयले वडालाई एक हजार एक सय ५० वर्गमिटर जग्गा उपलब्ध गराएको वडाले जनाएको छ । भवन निर्माणका लागि नगरपालिकामा फाईल पठाएको र नगरपालिकाले डिपिआरको काम गरिरहेको बताइएको छ । डिपिआरको काम सकिएमा यसै आर्थिक वर्षदेखि भवन निर्माणको काम सुरु हुने वडाध्यक्ष केसीले जानकारी दिए ।

The post नयाँ पत्रिका समाचार प्रभाव : फेरियो वडा कार्यालयको स्वरुप appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2SFncU4

No comments:

Post a Comment

Post Bottom Ad

Pages