एभरेस्ट प्रिमियर लिग अन्तर्गत साेमबारको पहिलो खेलमा काठमाडौं किंग्स इलाभेनले पोखरा टाइगर्सलाई ६ विकेटले पराजित गरेको छ । पोखराले दिएको एक सय ६१ रनको लक्ष्य काठमाडौंले ४ विकेटको नोक्सानीमा १८.५ ओभरमा पुरा गर्यो ।
लक्ष्य पछ्याउने क्रममा काठमाडाैंका लागि सुभ्रमन्युम स्वामीले सर्वाधिक ४३ रन, सागर पुन ३९ रन, नरेशबुढा ऐरले २२ रनको योगदान गरे । बलिङतर्फ चितवनका लागि शबाब आलमले २ विकेट लिए । यस्तै ललित राजवंशी र पौल स्ट्रिलिङले समान १/१ विकेट लिए ।
यसअघि टस जित्दै काठमाडाैंले फिल्डिङ राेजेकाे थियाे । काठमाडौंका लागि प्रदिप साहु र साम्सद शेखले समान ३/३ विकेट लिए । यस्तै सागर पु्न, अमर राैतेला र केभिन ओब्रायनले समान १/१ विकेट लिए ।
चितवनले १९.५ अाेभरमा पुरा विकेट गुमाउँदै एक सय ६० रनको योगफल तयार पारेको थियाे ।चितवनका लागि पौल स्ट्रिलिङले ३४ रन, सन्दिप सुनारले २५ रन,दिपेन्द्र सिंह ऐरीले ४१ रनको योगदान गरे ।
The post इपीएल : काठमाडौं ६ विकेटले विजयी appeared first on Naya Patrika.
from Naya Patrika https://ift.tt/2SBNC91
No comments:
Post a Comment