२४ मंसिर, काठमाडौं । संसदको कानून न्याय तथा मानव अधिकार समितिले फागुन २१ भित्र संविधानसँग बाझिएका वा संविधान अनुकुल नरहेका कानून परिमार्जन गर्न सरकारलाई निर्देशन दिएको छ ।
सोमबार बसेको समिति बैठकले संविधानसँग बाझिएका र संविधान अनुकुल बनाउन कानून परिमार्जन गर्नुपर्ने काम समयमै सक्न निर्देशन दिएको हो ।
२०७२ असोज ३ गते जारी भएको नयाा संविधानसँग बाझिने कानूनहरु आउादो फागुन २१ गतेसम्म परिमार्जन भइसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।
संविधानको धारा ३०४ अनुसार संविधानसँग बाझिएका कानूनहरु संसद अधिवेशन सुरु भएको एक वर्षभित्र परिमार्जन नगरेमा स्वतः अमान्य हुनेछ ।
from Online Khabar https://ift.tt/2G94DWY
No comments:
Post a Comment