एपीएफद्वारा सरस्वती क्लब पराजित, रुपबहादुरको दुई गोल - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, December 9, 2018

एपीएफद्वारा सरस्वती क्लब पराजित, रुपबहादुरको दुई गोल

२३ मंसिर, काठमाडौं । विभागीय टिम एपीएएफ क्लबले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा जित हात पारेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा एपीएफ क्लबले सरस्वती युथ क्लबलाई ३-० गोलअन्तरले पराजित गरेको हो । एपीएफको जितमा रुपबहादुर लामाले दुई गोल र युवराज खड्काले एक गोल गरे ।

खेलको १७ औं मिनेटमा नै रुपबहादुरले गोल गर्दै एपीएफ क्बललाई अग्रता दिलाएका थिए । ४१ औं मिनेटमा युवराजले गोल गर्दै एपीएपलाई २-० को अग्रतामा पुर्‍याए ।
खेलको ८८ औं मिनेटमा रुपबहादुरले नै व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई ३-० गोलको जित दिलाएका हुन् ।

जितसँगै एपीएफ क्लब लिगको सातौं स्थानमा उक्लिएको छ । सात खेल खेलेको एपीएफले १० अंक बनाएको छ । ा पराजित सरस्वती युथ क्लबको भने सात खेलबाट ६ अंक रहेको छ ।

लिगको शीर्ष स्थानमा भने मनाङ मस्र्याङ्दी क्लब रहेको छ । मनाङको ६ खेलबाट १८ अंक रहेको छ । दोस्रो स्थानमा रहेको संकटा क्लबको सात खेलबाट १८ अंक नै रहेको छ । त्यस्तै, थ्रीस्टार भने लिगको तेस्रो स्थानमा रहेको छ ।



from Online Khabar https://ift.tt/2zSslRD

No comments:

Post a Comment

Post Bottom Ad

Pages