काठमाडौंमा पृथ्वी जयन्ती मनाइयो (फोटो फिचर) - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Friday, January 11, 2019

काठमाडौंमा पृथ्वी जयन्ती मनाइयो (फोटो फिचर)

२७ पुस, काठमाडौं । आज पुस २७ गते, अर्थात पृथ्वी जयन्ती । पृथ्वीजयन्तीको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानदेखि सिंहदरबार पश्चिम गेटको पृथ्वीनारायण शाहको शालिकसम्म पदयात्रा र र्‍याली निकालिएको थियो ।

र्‍यालीमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटा, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गांगा उप्रेतीलगायत सहभागी भएका थिए ।

पृथ्वी शालिक अगाडि राष्ट्रपति विद्या भण्डारीलाई नेपाली सेनाले सलामीसमेत दिएको थियो । राष्ट्रपति भण्डारीले सिंहदरबारको मूलगेट अगाडि रहेको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरिन् ।

समारोहमा मन्त्रीपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी, मन्त्रीहरु, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालगायतका नेताहरु पनि सहभागी थिए । समारोहमा पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकताको प्रतिकको रुपमा स्मरण गर्दै राष्ट्रिय झण्डा फहराईएको थियो भने राष्ट्रिय गान र राष्ट्रिय धुन बजाइएको थियो ।

गोरखा राज्यका राजा पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेकाले उनको सम्मानमा जन्मजयन्तीको अवसर पारेर पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउने गरिएको हो । पृथ्वी जयन्तीको दिन दिँदै आएको विदा भने कटौती गरिएको छ ।



from Online Khabar http://bit.ly/2Flsx02

No comments:

Post a Comment

Post Bottom Ad

Pages