जग्गा विवादमा कुटिएका घाइतेद्वारा न्याय नपाएको गुनासो - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, January 22, 2019

जग्गा विवादमा कुटिएका घाइतेद्वारा न्याय नपाएको गुनासो

८ माघ, वीरगञ्ज पर्साको पोखरीया नगरपालिका ९ शिववर्वा टोलमा जग्गाको विषयमा विवाद भई कुटपीट हुँदा घाइते भएकाहरुले न्याय नपाएको गुनासो गरेका छन् । उनीहरुले प्रहरीमा उजुरी दिए पनि सुनुवाई नभएको बताए ।

किता नं १४ र १५ पक्षधरबीचको विवादले उग्र रुप लिँदा माघे संक्रान्तिको दिन झडप भएको थियो । गाउँको ४ कठ्ठा ५ धुर ऐलानी जमिनमा बसोवास गर्दै आएकाहरुबीच झडप भएको थियो । कित्ता छुट्याइएको भए पनि केहीले लालपुर्जा भने नबनाएको बुझिएको छ ।

जग्गाको विषयमा आफन्त नै पर्ने गीता पण्डित र रुदल पण्डित कुवार पक्षबीच झडप भएको थियो । झडपमा गीता पण्डित पक्षका ससुरालीमा बस्दै आएका हरेन्द्र पण्डित, धनीलाल पण्डित, हरिलाल पण्डित, श्रीकान्ती देवि र फुलमतीदेवि घाइते भएका छन् । उनीहरुलाई अर्को पक्षका बद्रि, भरत, वृजकिशोर पण्डितले लाठी र हातखुट्टाले कुटपीट गरेको पीडित पक्षको आरोप छ ।

आफ्नो ससुराली परिवार लामो समयदेखि १५ नं कित्ताको १० धुर जमिनमा बसोबास गर्दै आएको भए पनि अर्को पक्षले उक्त जग्गा आफ्नो भन्दै कुटपीट गरेको हरिन्द्रले गुनासो गरे । ‘ससुरा हुँदा त्यो जमिनको लालपूर्जा बनाउने प्रक्रिया अघि बढेको पनि थियो । जग्गाको बारेमा अदालतमा मुद्धा पनि चलिरहेको छ’ उनले भने ‘तर उनीहरुले त्यो पनि आफूहरुकै भएको दावी गर्दै हामीमाथि आक्रमण गरे ।’ कुटपीटबाट उनको खुट्टा भाँच्चिएको छ ।

पोखरीया नगरपालिकाको न्यायिक समितिमा वडा कार्यालयले जग्गाको सिफारिस नगरेको उजुरी परेको थियो । दुई पटक समस्या समाधानका लागि छलफल गराए पनि कुनै निकास ननिस्किएपछि उपप्रमुख एवं न्यायिक समिति संयोजक सलमा खातुन माघ १ गते स्थलगत निरीक्षणमा पुगेकी थिइन् । उनकै सामुन्नेमा दुवै पक्षले लाठी भाटा निकालेर झगडा गरेका थिए । उपप्रमुख खातुनले भने समस्याको निकास निकाल्न खोज्दा उनीहरु उग्र बनेको बताइन् ।

‘जग्गाको विषयमा अदालतमा मुद्दा विचाराधीन रहेछ, त्यसमा न्यायिक समितिले हस्तक्षेप गर्ने कुरा भएन’ उनले भनिन् ‘तैपनि आपसी सहमतिबाट निकास निस्कन्छ कि भनेर दुईपटक छलफल पनि गराएँ, तेस्रो पटक जग्गाको स्थलगत निरीक्षणमा गएको समयमा मेरो मर्यादाको समेत ख्याल नराखी आपसमै लडे ।’

जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी अनन्त शर्माले भने प्रहरीले जग्गा विवादका मुद्धामा शान्ति सुरक्षा कायम गराउने जिम्मेवारी मात्रै रहेको बताए ।

‘जग्गा विवाद हामीले मिलाउने होइन, शान्ति सुरक्षा र कानुनी सरसल्लाहको पाटो मात्रै हाम्रो हो’ उनले भने ‘दुवै पक्षलाई बोलाएर छलफल गर्ने वातावरण बनाउँछौं ।’ कुटपीटबाट अंगभंग भएको भए पीडित पक्षले मुद्धा दर्ता गराउन सक्ने उनको भनाइ छ ।



from Online Khabar http://bit.ly/2U8d1bg

No comments:

Post a Comment

Post Bottom Ad

Pages