९ माघ, काठमाडौं । मुस्ताङको घरपझोङ गाउँपालिकामा कालीगण्डकी नदी थुनिएको छ ।
बुधबार विहान १० बजे भरपझोङको वडा नं १ र २ को सीमानामा पर्ने छैरो भन्ने ठाउँमा किनारको २/३ सय मिटर जमिन भासिएर नदी थुनिएको क्षेत्रीय आपतकालीन कार्य सञ्चालन केन्द्र पोखराले जानकारी दिएको छ ।
नदीको एकापट्टिको किनार थुनिएर २ सय मिटर फराकिलो ताल बनेको छ भने अर्को तर्फको किनारबाट पानी बगिरहेको छ ।
केन्द्रका अनुसार त्यस ठाउँमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी गरी ६० जना खटिएका छन् । नदी थुनिएको ठाउँमा बस्ती नपरे पनि तल्लो तटीय क्षेत्रमा खतरा हुन सक्ने केन्द्रले जनाएको छ ।
from Online Khabar http://bit.ly/2AXb5eu
No comments:
Post a Comment