पाण्ड्या र राहुलको पक्षमा कोहली, भन्छन् – व्यक्तिगत विचार हो - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Friday, January 11, 2019

पाण्ड्या र राहुलको पक्षमा कोहली, भन्छन् – व्यक्तिगत विचार हो

२७ पुस, काठमाडौं । भारतीय क्रिकेट टिमका खेलाडी हार्दिक पाण्ड्या र केएल राहुललाई भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले कारबाहीको तयारी थालेपछि कप्तान विराट कोहलीले आपत्ती जनाएका छन् ।

एक टेलिभिजन कार्यक्रममा हार्दिक पाण्ड्याले दिएको अभिव्यक्ति विवादित बनेपछि उनीविरुद्ध छानविन सुरु गरिएको थियो । जसमा केएल राहुल पनि अतिथि थिए ।

टेलिभिजन कार्यक्रममा पाण्ड्याले आफ्नो परिवार यौनको मामलामा अत्यन्तै उदार रहेको बताउँदै केही उदाहरण पनि सुनाएका थिए । जुन निकै विवादित बन्न पुग्यो । पाण्ड्याले आफ्नो भनाई विवादित बनेपछि माफि मागेको भए पनि त्यसले बीसीसीआई सन्तुष्ट बनेको देखिँदैन ।

छानबिनमा रहेको बीसीसीआई प्रशासकीय समितिमा सदस्यहरु कोहीले दुई खेलको प्रतिबन्ध लगाउनुपर्ने पक्षमा कुरा गरिरहेका छन् भने कोहीले आर्थिक जरिवाना पनि गराउनुपर्ने बताइरहेका छन् ।

‘भारतीय क्रिकेट टिमको दृष्टिकोणबाट भन्नुपर्दा कार्यक्रममा बोलेका कुरामा जुन खाले टिप्पणाी भइरहेका छन् त्यो कदापि ठीक होइन । व्यक्तिगत विचारविरुद्ध आएका भनाइहरुमा हाम्रो समर्थन कहिल्यै रहँदैन’ कोहलीले भनेका छन्,

‘हामी बीसीसीआईको निर्णयको प्रतिक्षामा छौँ । तर, त्यसले हाम्रो खेलमा र ड्रेसिङ रुमको वातावरणमा कुनै असर परेको छैन । त्यसलाई क्रिकेटसँग जोड्नु एकदमै असान्दर्भिक हुन्छ । अघि पनि भनेँ त्यो खेलाडीको व्यक्तिगत विचार हो ।’

यो पनि पढ्नुहोस यौनजन्य अभिव्यक्तिका कारण हार्दिक पान्ड्यामाथि कारवाहीको तयारी यो पनि पढ्नुहोस हार्दिकसँगै कारबाहीमा तानिए केएल राहुल

from Online Khabar http://bit.ly/2H7KqB8

No comments:

Post a Comment

Post Bottom Ad

Pages