एकजना ३३ वर्षका युवकका बारेमा एउटा पत्याउनै नसकिने खालको घटना बाहिर आएको छ । ढाड दुख्ने समस्याबाट पीडित ती युवकले दुखाईको उपचार आफै खोज्ने प्रयास गरे । तर उनको प्रयासको नतिजा निकै घातक बन्यो ।
ढाड दुखाइको उपचारका लागि उनले असामान्य उपाय अपनाए । आयरल्याण्डको मेडिकल जर्नलमा प्रकाशित उक्त रिपोर्ट अनुसार डब्लिनस्थि टालघाट विश्वविद्यालय अस्पतालमा ढाड दुख्ने तथा हात सुन्निएको समस्याका कारण एकजना युवक उपचारका लागि भर्ना भए ।
वास्तवमा ती युवकले ढाड दुखाईको उपचारका रुपमा आफ्नो विर्य प्रयोग गर्ने गर्दा त्यस्तो अवस्था भएको रहेछ ।
उनले पाखुरामा सुई लगाएर सुईमार्फत आफ्नै विर्य सरीरमा दिँदा रहेछन् । उनले १८ महिनासम्म लगातार यसरी विर्यको सुई दिने गरेका रहेछन् । यसका लागि उनले अनलाइनबाट हाइपोडर्मिक सुई समेत किनेका रहेछन् ।
उनले पाखुरामा विर्यको सुई दिएको ठाउँमा ठूलो गाँठो परेको थियो भने पाखुरा सुन्निएको थियो । विर्यको सूयले ढाड दुख्न कम हुने त कुरै भएन उल्टै हात सुन्निएर डरलाग्दो बनेको थियो ।
डाक्टरहरुका अनुसार विर्यको सुई लगाएर मानिस विरामी भएको यो पहिलो पटक हो । यसरी जथाभावी सरीरमा विर्यको सूई लगाउँदा विभिन्न खाले इन्फेक्सन लगायतका समस्या आउन सक्ने डाक्टरहरु बताउँछन् ।
एजेन्सी
from विचित्र संसार – Online Khabar http://bit.ly/2FK1RWV
No comments:
Post a Comment