नेपाल प्रहरीलाई साइबर सुरक्षासम्बन्धी प्रशिक्षण - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Friday, January 11, 2019

नेपाल प्रहरीलाई साइबर सुरक्षासम्बन्धी प्रशिक्षण

काठमाडौँ- प्रहरीलाई बिहीबार काठमाडौँमा साइबर सुरक्षासम्बन्धी प्रशिक्षण दिइएको छ।

डा.रामहरि सुवेदीले प्रहरी प्रधान कार्यालय सूचना प्रविधि निर्देशनालय, साइबर ब्युरो, केन्द्रीय अनुसन्धान ब्युरो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, महानगरीय अपराध महाशाखालगायत साइबर सुरक्षासँग सम्बन्धित प्रहरी अधिकृतलाई प्रशिक्षण दिए।

कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले साइबर सुरक्षामा अन्य निकायभन्दा नेपाल प्रहरीको दायित्व बढी भएकाले सिकेका कुरालाई व्यवहारमा लागू गर्न प्रहरी अधिकृतलाई निर्देशन दिए।

आगामी दिनमा साइबर सुरक्षासँग सम्बन्धित विषयमा समन्वय गर्ने बताउँदै उनले प्रहरी अधिकारी सूचना र प्रविधिमा दक्ष भएमात्रै सेवा चुस्त हुने बताए।

प्रा डा सुवेदीले साइबर अपराधको अवस्था, यसबाट हुने खतरा, सुरक्षाको वर्तमान अवस्था, साइबर अपराधको विश्वव्यापी अवस्थाबारे जानकारी दिए। साइबर अपराधप्रति सजग भई सहकार्य गरेर सचेतना फैलाउनसके अपराध न्यूनीकरण गर्न सकिनेमा उनको जोड थियो।



from विज्ञान/प्रविधि – देशसञ्चार http://bit.ly/2D2Vuvg

No comments:

Post a Comment

Post Bottom Ad

Pages