गुगलले चिनियाँ सेनालाई सहयोग गरेको ट्रम्पको आरोप - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, March 19, 2019

गुगलले चिनियाँ सेनालाई सहयोग गरेको ट्रम्पको आरोप

अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकाका विभिन्न ठूला प्रविधि कम्पनीहरुमाथि कडा व्यवहार देखाउने गरेका छन् ।

केही महिनाअघि ट्रम्पले एप्पल कम्पनीका बारेमा टिप्पणी गर्दै एप्पलले चीनमा आफ्ना प्रडक्टहरु उत्पादन गर्ने काम बन्द गर्नुपर्ने बताएका थिए ।

अहिलेचाहिँ ट्रम्पले अर्को दिग्गज कम्पनी गुगलका बारेमा कडा टिप्पणी गरेका छन् । गुगलले चीन र चीनको सेनालाई सहयोग गरेको आरोप उनको छ ।

ट्रम्पले हालै गरेको एक ट्विटमा लेखेका छन्, ‘गुगलले चीन र चिनियाँ सेनालाई सहयोग गरिरहेको छ, तर अमेरिकालाई होइन । यो निकै भयानक छ । सुखद् समाचार के भने उनीहरुले हिलारी क्लिन्टनलाई गरे तर ट्रम्पलाई गरेनन्… आखिर यो कसरी भयो ?’

यसरी ट्रम्पले गुगल र चीनलाई एकसाथ प्रहार गर्ने क्रममा आफ्नो राष्ट्रपतिकी प्रतिस्पर्धी क्लिन्टनलाई पनि छाडेनन् ।

अमेरिकाको सेना प्रमुखले गुगलको आलोचना गरेको केही समयपछि नै ट्रम्पको यस्तो भनाइ बाहिर आएको हो । गुगलले चीनमा गरिरहेको गतिविधिले अप्रत्यक्ष रुपमा चिनियाँ सेनालाई सहयोग पुगिरहेको सेना प्रमुखले हालै बताएका थिए ।

तर गुगलले आरोपको खण्डन गरेको छ । गुगलले भनेको छ, ‘हामीले चिनियाँ सेनासँग काम गरेका छैनौँ । हामीले साइबर सुरक्षा, अमेरिकी सरकारका नियुक्ति तथा स्वास्थ्यलगायतका कुरामा अमेरिकी सरकार तथा अमेरिकी रक्षा मन्त्रालयसँग मिलेर काम गरिरहेका छौँ ।’

गुगलको चीनमा रहेको संलग्नताको विषय पछिल्लो समयमा बहसको विषय बनिरहेको छ । गुगलले चिनियाँ सरकारको नियमानुसार चीनका लागि लक्षित गरी सर्च इन्जिनको विकास गर्ने प्रक्रियामा रहेको समाचार पनि आएको थियो । तर गुगलका सीईओ सुन्दर पिचाइले यस्तो योजना नभएको प्रष्टीकरण दिएका थिए । यद्यपि, भविष्यमा चीनमा सर्च इन्जिन लञ्च गर्ने कुरालाई उनले अस्वीकार भने गरेनन् ।

पछिल्ला केही महिना यता अमेरिका र चीनबीच व्यापार युद्ध चर्किरहेको छ । यसले अमेरिका र चीन दुवै देशका प्रविधि कम्पनीहरुलाई नकारात्मक असर परिरहेको छ ।

अमेरिकाले चिनियाँ ब्राण्ड हुवावेका उत्पादनहरु माथि पूर्णरुपमा प्रतिबन्ध लगाएको छ । उता चीनमा एप्पललगायतका अमेरिकी कम्पनीको बिक्रीमा तीव्र गिरावट भइरहेको छ ।

एजेन्सी



from Online Khabar https://ift.tt/2FliiaR

No comments:

Post a Comment

Post Bottom Ad

Pages