सञ्चार मन्त्री भन्छन्– विष्णु पौडेललाई ठगी गर्नेले नै क्षतिपूर्ति दिनुपर्छ - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, April 16, 2019

सञ्चार मन्त्री भन्छन्– विष्णु पौडेललाई ठगी गर्नेले नै क्षतिपूर्ति दिनुपर्छ

३ वैशाख, बुटवल । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले तथ्यमा आधारित भएर सरकारको आलोचना गर्न आग्रह गरेका छन् । उनले विष्णु पौडेललाई जसले ठग्यो उसैले क्षतिपूर्ति दिनुपर्ने समेत बताएका छन् ।

प्रेस संगठन रुपन्देहीले मंगलबार मणिग्राममा गरेको पत्रकार भेटघाटमा मन्त्री बास्कोटाले तथ्यविपरीत सरकारको आलोचना गरेको भन्दै आक्रोस पोखे ।

‘सरकार तथ्यमा आधारित आलोचनालाई स्वागत गर्छ, उठ्नै नसक्ने गरी ठटाए हुन्छ’, बास्कोटाले भने, ‘सडक बनाएको नदेख्ने, धुलो उडेको मात्रै देख्ने, बच्चा जन्मेको नदेख्ने आमाको चित्कार र प्रश्रबको रगत मात्रै देख्ने आलोचना सही हुन सक्दैन ।’

देशले नवनिर्माणको बाटो पक्रिसकेको र समृद्धि सिंगो देशको बहसको विषय बनेको दाबी गर्दै मन्त्री बास्कोटाले आलोचनाका बीच पनि सरकारले नव निर्माणको लडाइँ जितेको जकिर गरे । सरकारले रेल र पानीजहाज ल्याउने कुरा गर्दा शुरुमा विश्वास नगरेर शंका गर्नेहरुले अहिले ती कुरा वास्तकितामा परिणत हुन थालेपछि किन आवश्यक पर्‍यो भनेर प्रश्न गर्न थालेको उनले उल्लेख गरे ।

‘पहिला रेल र पानीजहाजको कुरा गर्दा नपत्याउनेहरुले अहिले रेल आएपछि नेपाललाई के कति फाइदा हुन्छ भनेर बहस गर्न प्रश्न गर्न थालेका छन्,’ प्रवक्ता सापकोटाले भने, ‘अब रेल र पानीजहाज आउने भएपछि ल्याउन हुन्न कि भनेर गरिने बहस घातक छ ।’

चीनको ग्रेटवाल पनि एकै दिनमा नबनेको उल्लेख गर्दै उनले सरकारसंग विकास र समृद्धिको स्पष्ट भिजन र समर्पण भएकाले धैर्य गर्न आग्रह गरे ।

अहिले पनि देश निर्माण कि आलोचना भन्नेमा द्वन्द्व रहेको उल्लेख गर्दै कम्युनिस्टको सरकारप्रति धेरैमा मनोवैज्ञानिक र रेडिमेड आशंका उब्जाउन खोजिएको मन्त्री बास्कोटाले बताए ।

सरकारले स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्न नभई सुरक्षित,व्यवसायिक,देशभक्त बनाउन चाहेको पनि उनले उक्त अवसरमा स्पष्ट पारे । अन्तर्राष्ट्रिय मामिलामा समेत नेपालको प्रेस विभाजित हुनु दुर्भाग्य भएको भन्दै उनले विश्वमा कतै पनि यस्तो नहुने दाबी गरे । लगानी सम्मेलनका विषयमा पनि नेपालको प्रेस विभाजित भएको उल्लेख गर्दै उनले अन्तरिक मामिलामा जति विभाजित भए पनि अन्तर्राष्ट्रिय मामिलामा एकजुट बन्न आग्रह गरे ।

बालुवाटारको ललिता निवास जग्गा किनबेच प्रकरणमा पत्रकारको प्रश्नमा मन्त्री बास्कोटाले नेकपा महासचिव विष्णु पौडेल नक्कली जग्गा किनेर ठगिएको दोहोर्‍याए । ‘उहाँले थर्ड ह्याण्डबाट किन्नु भएको रहेछ, नक्कली जग्गा किन्दा ठगिनु भएछ’, उनले भने, ‘अब जोसँग किन्नु भएको हो उसले क्षतिपुर्ति दिनुपर्छ ।’

सरकारका प्रवक्ता बास्कोटाले उक्त जग्गा प्रकरणमा अरु पनि ठगिएको हुनसक्ने भन्दै ठग्नेहरु पानीमुनि गए पनि नछाड्ने दाबी गरे । जग्गा प्रकरणमा पद, ओहोदा, विचारले छानविन र कारवाहीलाई प्रभावित नगर्ने उनले दाबी गरे ।



from Online Khabar http://bit.ly/2UFGU7m

No comments:

Post a Comment

Post Bottom Ad

Pages