हिन्दी रोकियो भनेर मख्ख मात्र पर्ने कि विदेशी फिल्मसँग भाग्न पनि छाड्ने ? - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, April 17, 2019

हिन्दी रोकियो भनेर मख्ख मात्र पर्ने कि विदेशी फिल्मसँग भाग्न पनि छाड्ने ?

बुधबार नै नेपालमा रिलिज गर्न लागिएको चलचित्र ‘कलंक’को रिलिज शुक्रबार मात्रै गर्नुपर्ने निर्णयमा अडिग रहेपछि चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइले साहसिक काम गरेको भन्दै चलचित्र निर्माताहरु खुशी देखिएका छन् । चलचित्र निर्माता मात्र होइनन्, चलचित्र क्षेत्रको हित सोच्ने सबैजना खुशी देखिएका छन् । केही हलवाला र वितरक भने हिन्दी चलचित्र २ दिन ढिला रिलिज गर्न पर्दा पहाड खसेको जसरी चिच्च्याएका पनि छन् ।

मुख्य ४ पर्व बाहेक अन्य दिनमा नेपाली चलचित्र रिलिज हुन नपाउने हो भने हिन्दी चलचित्रले पनि पाउनैपर्छ भन्ने छैन । नेपाली चलचित्रले एक हप्ता पनि राम्रो कमाई गर्न नपाउँदै विदेशी चलचित्र ल्याएर माथिबाट हस्तक्षेप गर्ने अधिकार नेपालमै बसेर कुनै पनि नेपालीलाई नहोला । यसैले यसमा विभिन्न खालका दुरुपयोग भनेर चिच्याउनुको कुनै तुक छैन । कुनै विदेशी भाषाको चलचित्र २ दिन ढिलो रिलिज गर्दा ठूलै कम्पन आउँदैन । बरु, नेपाली चलचित्रले केही मात्रामा भएपनि राहत पाएका छन्, यसमा सबैजना खुशी हुन आवश्यक छ ।

तर, वुधबार रिलिज हुने भनिएको विदेशी भाषाको चलचित्र शुक्रबार नै रिलिज हुनुपर्ने भएपछि खुशी भएका चलचित्र निर्माताहरुले अरु दिनमा भागाभाग गर्ने अवस्था भने छाड्न आवश्यक छ । केही नाम चलेका हिन्दी र अंग्रेजी चलचित्र आउँदा आफ्नो चलचित्र पछाडि धकेल्न तयार हुने तर अर्को नेपाली चलचित्रसँग भिड्दा मख्ख पर्ने निर्माताहरुको सोच पनि बदलिन जरुरी छ ।

राम्रो चलचित्र बनाएर विदेशी चलचित्रलाई नेपाली बजारमा पछि पार्न निर्माता लागेका छैनन् । बरु, उक्त विदेशी चलचित्रलाई खाली ठाउँ छाडिदिएर शुक्रबार आफ्नै देशको चलचित्रसँग रिलिज गर्ने, अर्को चलचित्रको विरुद्धमा गुटवन्धी गर्ने, प्रतिस्पर्धी चलचित्रको बिषयमा आएका नकारात्मक टिप्पणीलाई सामाजिक संजालमा शेयर गरेर गर्व गर्ने प्रथा भने बढेको छ । यो शैली निर्माताहरुले छाड्न आवश्यक छ ।

बुधबार वा बिहिबार रिलिज हुने विदेशी चलचित्र थोरै मात्र हुन्छन् । तर, हरेक हप्ता नेपाल आउने विदेशी चलचित्रको डेट हेरेर आफ्नो चलचित्रको डेट तोक्ने काम बन्द गर्न आवश्यक छ । दर्शकले मन पराउँछन् भन्ने पूर्ण विश्वास भएका चलचित्रले विदेशी चलचित्रसँग भागभाग गर्ने अवस्थाको अन्त्य हुन जरुरी छ । विदेशी चलचित्र नआउँदा मख्ख पर्नु स्वभाविक होला, तर त्यही विदेशी चलचित्रसँग डराएर आफ्नै साथीले बनाएको अर्को चलचित्रसँग जुधाएर ठूलै राजनीति गर्ने काम पनि तर्कसंगत छैन । यसतर्फ पनि निर्माताले सोच्न आवश्यक छ ।



from Online Khabar http://bit.ly/2UXvWd5

No comments:

Post a Comment

Post Bottom Ad

Pages