बालुवाटारमा ‘ठूला माछा’ समाउ अभियान - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, April 15, 2019

बालुवाटारमा ‘ठूला माछा’ समाउ अभियान

२ वैशाख, काठमाडौं । प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासकै जग्गा व्यक्तिको नाममा नामसारी भएको घटना सार्वजनिक भएपछि त्यसको विरोधमा प्रधानमन्त्री निवास बालुवाटार अगाडि सोमबार प्रदर्शन गरेको छ ।

रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले प्रधानमन्त्री निवासको जग्गा समेत व्यक्तिको नाममा विक्री गरिएको विरोधमा सोमबार बिहान १ घण्टा प्रधानमन्त्री निवास बालुवाटारमा अगाडि प्रर्दशन गरेको हो ।

प्रधानमन्त्री निवासको जग्गा नै गम्भीर अपचलनमा परेको समाचार बाहिर आएपछि आइन्दा कुनै पनि सरकारी जग्गा अपचलन हुन नदिन सरकारलाई सचेत गराउन प्रधानमन्त्री निवास अगाडिनै विरोध प्रर्दशन गर्नु परेको पार्टीका प्रवक्ता सूर्यराज आचार्यले जानकारी दिए । उनले विरोध प्रर्दशनको माध्यामबाट भ्रष्टाचारी र बिचौलियाको फन्दामा नपर्न पनि सरकारलाई दवाव दिइएको बताए ।

प्रवक्ता आचार्यले प्रधानमन्त्री निवासको जग्गानै अपचलन गर्ने गम्भीर प्रकृतिको घटना बाहिर आएको उल्लेख गर्दै त्यसो हुन नदिन सरकारलाई खवरदारी गर्न पनि सबै नागरिक समाज, पार्टी र संचारकर्मीहरुलाई पनि आह्वान गरे ।

प्रर्दशनको क्रममा ‘बालुवाटार बेच्नेले सिंहदरबार पनि बेच्लान, होसियार’, ‘चर्को स्वरमा बोलौं, भ्रष्टाचारको पोल खोलौं’, ‘नेताहरुको सम्पत्ति छानवीन गर’, ‘ठूलो माछा कता छ ? सिंहदरबार जता छ’ लेखिएको प्ले कार्डहरु पनि प्रर्दशन गरिएको थिए ।

सो घटना बाहिर आएपछि सरकारले पनि एक हप्ता अघि प्रधानमन्त्री निवासको जग्गा विक्री गर्न रोक गराउने निर्णय गरेको थियो । विवेकशील साझा पार्टीले सरकारको सो निर्णयको स्वागत गर्दै सो घटनाको छानवीन गरी दोषीमाथि कडा कार्वाही गर्न पनि सरकारलाई दवाव दिँदै आएको छ ।

प्रधानमन्त्री निवासको जग्गा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले समेत किनेको तथ्य बाहिर आएको छ ।



from Online Khabar http://bit.ly/2Pakc1j

No comments:

Post a Comment

Post Bottom Ad

Pages