टाउकोमा ढोका खस्दा घाइते भए विक्की - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, April 21, 2019

टाउकोमा ढोका खस्दा घाइते भए विक्की

चलचित्र ‘उरी’बाट एकाएक बलिउडमा चम्किएका नायक विक्की कौशल अहिले एक हरर चलचित्रको छायांकनमा व्यस्त छन् । भानु प्रताप सिंहको निर्देशनमा बनिरहेको चलचित्रको छायांकनको क्रममा उनी घाइते भएका छन् । विक्की चलचित्रमा एक्सनको दृश्य गरिरहेका थिए । सो समयमा उनको टाउकोमाथि ढोका खसेको हो ।

टाउकोमा ढोका खस्दा उनी गम्भिर घाइते भएका छन् । उनको टाउकोमा १३ वटा टाका लगाइएको भारतीय मिडियाले उल्लेख गरेका छन् । यो चलचित्रमा विक्कीको साथमा नायिका भूमी पेडनेकरको मुख्य भूमिका छ । यो चलचित्रको पहिलो सेड्यूलको छायांकन मुम्बइमा सकिएको छ । अहिले चलचित्रको छायांकन गुजरातमा भैरहेको छ ।

विक्की चलचित्र ‘सञ्जु र उरी’को सफततापछि बलिउडमा अहिले सर्वाधिक माग भएको कलाकारको रुपमा चिनिन्छन् ।



from Online Khabar http://bit.ly/2KRjvvp

No comments:

Post a Comment

Post Bottom Ad

Pages