अमेरिकाको लुइसियानामा १ सय पटकभन्दा बढी बालबालिकामाथि बलात्कार तथा यौन शोषण गरेको आरोपमा एक ७१ वर्षीय व्यक्ति पक्राउ परेका छन् ।कयौँ दशकअघि गरेको कुकृत्यबारे एक पीडितले उजुरी दिएपछि पाइनभिल्लेका हार्भे जेसेफ फाउन्टेन पक्राउ परेका हुन् ।अनुसन्धानकर्ताहरुले उजुरीबारे तथ्य संकलन गर्दा फाउन्टेनले अन्य बालबालिकामाथि पनि यौनशोषण गरेको फेला परेको थियो । उनलाई उजुरी दिएको आठ दिनपछि गत अप्रिल ९ मा पक्राउ गरिएको थियो ।प्रहरी अधिकारी स्टेफेन फिलिप्सका अनुसार सबै घटनाहरु सन् १९७० र १९८० को बीचमा घटेका थिए ।
from रातोपाटी http://bit.ly/2KUkKd4
Post Top Ad
Wednesday, April 17, 2019
१ सय पटकभन्दा बढी बालबालिका बलात्कारको आरोपमा ७१ वर्षीय पक्राउ
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment