खाद्य संस्थानको पोखरा डीपोमा ५०० क्विन्टल चामल मौज्दात - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, April 21, 2019

खाद्य संस्थानको पोखरा डीपोमा ५०० क्विन्टल चामल मौज्दात

८ वैशाख,  पोखरा । गण्डकी प्रदेशका पहाडी जिल्लामा चामल आपूर्ति गर्दै आइरहेका नेपाल खाद्य संस्थाको पोखरा शाखामा हाल ५०० क्विन्टल चामल मौज्दात छ ।

यहाँबाट पहाडी जिल्ला खासगरी मनाङ र मुस्ताङ जिल्लामा सर्वसाधारणका लागि र अन्य जिल्लाका कारागारमा चामल आपूर्ति हुँदै आएको छ ।

गण्डकी प्रदेशअन्तर्गत स्याङ्जा, पर्वत, कास्कीका कारागारका साथै पोखराको सराङकोटस्थित बाल सुधारगृहमा चामल बिक्री गर्दै आइरहेको सो शाखाका सूचना अधिकृत भगवान भण्डारीले जानकारी दिए ।

उक्त शाखाले कास्की कारागारमा मासिक २०० क्विन्टल र अन्य कारागारमा मासिक १०० क्विन्टल चामल आपूर्ति गर्दै आएको छ ।

सोना मन्सुली चामल कारागारमा र जिरा मसिनो अन्य सर्वसाधारणका लागि बिक्री हुँदै आएको छ ।

मनाङ र मुस्ताङ जिल्लामा सर्वसाधारणका लागि चामल स्थानीय शाखा कार्यालयमा पठाइसकिएको र माग हुनासाथ थप चामल पठाइने सूचना अधिकृत भण्डारीले बताए । ती दुई जिल्लामा सर्वसाधारणका लागि मागबमोजिम गहुँ पनि भण्डारण गरिएको छ ।



from Online Khabar http://bit.ly/2KPMbF7

No comments:

Post a Comment

Post Bottom Ad

Pages