दुबईमा सांस्कृतिक कार्यक्रम गरेर तनहुँमा छात्रबृत्ति अक्षयकोष - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, May 5, 2019

दुबईमा सांस्कृतिक कार्यक्रम गरेर तनहुँमा छात्रबृत्ति अक्षयकोष

युएई । तनहुँ सेवा समाज युएईले तनहुँका जेहेन्दार तथा विपन्न विद्यार्थीका लागि छात्रबृत्ति  अक्षयकोष स्थापना गर्ने भएको छ ।

दुबईमा भएको संस्कृति कार्यक्रमबाट जुटेको रकमले अक्षयकोष स्थापना गरिने भएको हो । समाजले छात्रबृत्ति अक्षयकोष स्थापनाका लागि दुबईमा शुक्रबार सांस्कृतिक कार्यक्रम गरेको थियो ।

कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायिका देबी घर्ती, लोक गायक राजु ढकाल र कला लम्सालले आफ्ना लोक तथा दोहोरी गीत प्रस्तुत गरेका थिए ।

यस्तै लाखे नाँच, कौडा नाँच लगायत बिभिन्न लोक तथा आधुनिक नृत्य प्रस्तुत गरिएको थियो । पञ्चेबाजा सहितको दोहोरी गीतमा दर्शक मनोरञ्जन लिएका थिए ।

तनहुँ सेवा समाज युएईका अध्यक्ष कृष्ण पौडेलको अध्यक्षता तथा संरक्षक दिपक खड्काको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाली समाज युएईका अध्यक्ष सिपी सापकोटा, ब्यवसायी भिम श्रेष्ठ,एनआरएन मध्यपुर्व उपसंयोजक गोपाल कंडेल, नेपाली बिजनेश काउन्सिल युएईका महासचिव दिपक पौडेल लगायतको सहभागिता थियो ।

समाजले यसअघि जिल्लाका मृगौला पिडीत, वैदेशिक रोजगारीको शिलशिलामा दुबईमा ज्यान गुमाएका ब्यक्तिका परिवारलाई आर्थिक सहयोग गरेको थियो ।



from Online Khabar http://bit.ly/2WoqJIE

No comments:

Post a Comment

Post Bottom Ad

Pages