५ पत्रकार सम्मानित तथा पुरस्कृत(फोटो फिचरसहित) - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, May 22, 2019

५ पत्रकार सम्मानित तथा पुरस्कृत(फोटो फिचरसहित)

चलचित्र पत्रकार संघ, नेपालले आफ्नो स्थापनाको २० औं बर्षको अवसर पारेर मंगलबार बेलुकी काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरेको छ । संघका अध्यक्ष सन्दिप सापकोटाको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथीको रुपमा सूचना तथा संचार प्रविधी मन्त्री गोकुलप्रसाद बाँस्कोटा उपस्थित थिए ।

कार्यक्रममा ५ जना रंग पत्रकारलाई सम्मानित तथा पुरस्कृत गरिएको थियो । सम्मानित हुने रंग पत्रकारहरुमा नरेश भट्टराई र श्याम स्मृत छन् । भट्टराई र स्मृतलाई सम्मानपत्र, दोसल्ला र ट्रफी प्रदान गरिएको थियो । यस्तै, यो बर्षको ‘चलचित्र पत्रकारिता पुरस्कार’बाट पत्रकारद्धय शारदा थापा र कुबेर गिरीलाई पुरस्कृत गरियो । थापा र गिरीलाई नगद २१ हजार, ट्रफी प्रदान गरिएको थियो ।

यस्तै, ‘चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’बाट फोटोपत्रकार विनोद पोखरेललाई पुरस्कृत गरियो । उनलाई, ल्यापटप, ट्रफी प्रदान गरिएको थियो । कार्यक्रममा सम्मानित तथा पुरस्कृत हुने पत्रकारहरुले चलचित्र पत्रकार संघले कामको मुल्यांकन गरेको भन्दै खुशी व्यक्त गरे ।

संघका सचिव समिर बलामीले स्वागत मन्तव्य राखेको कार्यक्रममा संचारमन्त्री बाँस्कोटा र चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइलाई ज्ञापन पत्र पनि प्रदान गरियो । कार्यक्रममा बोल्दै संचारमन्त्री बाँस्कोटाले चलचित्र क्षेत्रको विकासका लागि रंग पत्रकारहरुको योगदान उल्लेखनिय रहेको बताए । उनले, बक्स अफिस लागू हुने बताएका थिए ।

यस्तै, चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइले पनि बक्स अफिस लागू हुने दोहोर्याउँदै चलचित्र क्षेत्रको विकासका लागि रंग पत्रकारको योगदानको प्रशंसा गरे । कार्यक्रममा नायिका करिश्मा मानन्धर, नायक भूवन केसी, रमेश उप्रेती, नायिकाहरु बेनिशा हमाल, केकी अधिकारी, रीमा विश्वकर्मा, बर्षा सिवाकोटी, नायक नाजिर हुसेन, निर्देशक दीपाश्री निरौला, कलाकारद्धय दिपकराज गिरी, केदार घिमिरे, निर्माता माधव वाग्ले, निर्देशक मिलन चाम्स लगायत २ दर्जन भन्दा बढी चलचित्रकर्मीको उपस्थिती थियो ।

 

तस्वीरः शंकर गिरी



from Online Khabar http://bit.ly/2wlVoLr

No comments:

Post a Comment

Post Bottom Ad

Pages