युएई । अर्घाखाँची बाल्काेट दुबई सम्पर्क समितिका युवाहरुले आफ्नो गाँउका आगलागी र मिर्गौला पीडितलाई आर्थिक सहयोग गरेका छन् । समितिका संरक्षक उमाकान्त पाण्डेकाे पहलमा संकलित ७० हजार रुपैयाँ मध्ये ६० हजार रुपैयाँ पीडितलाई सहयोग गरिएकाे हाे ।
संकलित रकम मध्ये छत्रदेब ८ अर्घातोषका गोपाल रिमालको परिवारलाई ३५ हजार र सोही गाँउकै मिर्गौला पीडित १४ वर्षीया मनिसा नेपालीलाई २५ हजार रुपैयाँ सहयोग गरिएकाे हाे। १० हजार रुपैयाँ संकलन हुन बाँकी रहेकाे र उक्त रकम आपतकालीन काेर्षमा जम्मा गरिने संरक्षक पाण्डेले जानकारी दिए।
अघिल्लो महिना आगलागी हुँदा रिमालकाे घरगोठ तथा वस्तुभाउ जलेर नस्ट भएकाे थियाे ।
समस्यामा परेका परिवारलाई सहयाेग जुटाउन राेजगारीका लागि हाल युएईमा रहेका छत्रदेव गाँउपालिका क्षेत्रका युवाहरुले समाजभित्र सहयोग अभियान चलाएका थिए। उक्त सहयाेगले पीडितलाई केही राहत हुने समाजका अध्यक्ष तुमलाल पाण्डेले बताए।
सहयोग रकम पीडित परिवारलाई
मंगलबार गाँउपालिका परिसरमा एक कार्यक्रमकाे आयाेजना गरी हस्तान्तरण गरिएकाे समाजका सचिव अमित पाण्डेले बताए।
सहयाेग हस्तान्तरण कार्यक्रममा गाँउपालिकाका अध्यक्ष लेखनाथ पोखरेल, वडा नम्बर ८ का अध्यक्ष राजकुमार श्रेष्ठ, ३ नम्बर वडाका अध्यक्ष तेजप्रसाद खनाल र समाजका कोषाध्यक्ष नमराज भुषालको उपस्थिती रहेकाे थियाे।
from Online Khabar http://bit.ly/2LXqVxx
No comments:
Post a Comment