छापामा आज : प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १३ अर्ब ऋण लिइँदै - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, July 29, 2019

छापामा आज : प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १३ अर्ब ऋण लिइँदै

१४ साउन, काठमाडौं । अनियमितता, बेथिति र कुशासनसँग सम्बन्धित विषय आजका मुख्य दैनिक पत्रिकाहरूको हेडलाइन बनेको छ ।

कान्तिपुरले बिनायोजना सञ्चालन गरिएको भनेर आलोचित प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि सरकारले ऋण लिने गृहकार्य थालेकोलाई मुख्य समाचार बनाएको छ । समाचार अनुसार, विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए) बाट १ लाख २० मिलियन डलर (१३ अर्ब रुपैयाँ) ऋण लिन सरकारले वार्ता टोली नै गठन गरेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि यस वर्ष ५ अर्ब १ करोड रुपैयाँ विनियोजन गरिएको र यसले अपुग हुने भएपछि आउँदा पाँच वर्षभित्र खर्च गर्ने गरी विश्व बैंकसँग ऋण लिन लागिएको हो । वार्ता समिति गठन भएको, उसले वार्ता गरिरहेको र ऋण लिने लगभग निश्चित भइसकेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बताएको समाचारमा उल्लेख छ ।

सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) मार्फत मानव अधिकार उल्लंघनका अपराधमा न्याय दिलाउने प्रतिबद्धता पूरा गर्न नेपाल असफल भएको भनेर अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरूले निकालेको निष्कर्षलाई पनि कान्तिपुरले प्राथमिकतापूर्वक समेटेको छ ।

एमनेस्टी इन्टरनेशनल, इन्टरनेशनल कमिसन अफ जुरिस्ट, ह्युमन राइट्स वाच र ट्रायल इन्टरनेशनलले संयुक्त विज्ञप्ति जारी गर्दै टीआरसी पुनर्गठनमा भइरहेको ढिलाइ र आयुक्त नियुक्तिको अपारदर्शी प्रक्रियाप्रति समेत असन्तुष्टि जनाएका हुन् ।

अन्नपूर्णले काठमाडौं उपत्यका खानेपानी लिमिटेडभित्रको बेथिति अन्नपूर्णले उधिनेको छ । उपभोक्ताको धारामा केयूकेएलको पानी नझरे पनि मिटर भने चढिरहने समाचारको सार छ ।

आर्थिक वर्ष सकिएको दुई साता बितिसक्दा पनि १९ अर्ब रुपैयाँ बराबरको चेक साट्न बाँकी रहेको अर्को खबर पनि अन्नपूर्णमा छ । समाचार अनुसार, असार मसान्तसम्म चेक काटे पनि विकास निर्माणका काम गर्ने वस्तु तथा सेवा आपूर्ति गर्ने ठेकेदारलाई सम्बन्धित कार्यालयले हस्तान्तरण नगर्दा साट्न ढिलो भएको कोष तथा लेखा नियन्त्रक कार्यालय स्रोतको हवाला दिँदै अन्नपूर्णले समाचार लेखेको छ ।

नागरिकले हुलाकी सडक बाढीले तहसनहस भएको लेखेको छ भने राजधानीले सीटीईभीटीका भद्रगोल कार्यक्रमबारे मुख्य समार बनाएको छ ।

सरकारी मुखपत्र गोरखापत्रले विश्वविद्यालयको पदाधिकारी छनोट, महिला बेचबिखनलगायत विषयमा नजर लगाएको छ ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज



from Online Khabar https://ift.tt/2Zj9lGI

No comments:

Post a Comment

Post Bottom Ad

Pages