पछिल्लो एक महिनामा काठमाडौंमा लसुनको मूल्य तीन गुणाले बढेको छ । गत २२ पुषमा प्रतिकिलो २ सय ८५ रुपैयाँ रहेको सुकेको लसुनको मूल्य अहिले बढेर ६ सय ३५ रुपैयाँ पुगेको छ ।पछिल्लो एक महिनामा यसको मूल्य ३ सय ५० रुपैयाँले बृद्धि भएको हो ।चीनमा देखिएको कोरोना भाइरसको संक्रमणका कारण आयात रोकिएपछि नेपाली बजारमा लसुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल लसुनमा आत्मनिर्भर नभएपछि बजारको माग पूरा गर्न व्यवसायीले चीनबाट आयात गर्दै आएका छन् ।नेपालमा करिब ८० प्रतिशत लसुन चीनबाट आयात हुँदै आएको छ ।
from रातोपाटी https://ift.tt/372pnIb
Post Top Ad
Wednesday, February 5, 2020
लसुनको मूल्य ३ सय ५० रुपैयाँले बृद्धि
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment