विपन्नको उपचारलाई ५० करोड निकासा - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, February 24, 2020

विपन्नको उपचारलाई ५० करोड निकासा

सरकारले कडा रोग लागेका बिरामीको उपचारका लागि चालू आर्थिक वर्षको ६ महिनामा ५० करोड अनुदान निकासा गर्ने निर्णय गरेको छ ।माघ १९ गते बसेको बिपन्न नागरिक औषधि उपचार व्यवस्थापन समितिको बैठकले २१ हजार ५४५ विपन्न नागरिकहरुलाई औषधि उपचार सेवा दिएवापत सूचीकृत सेवाप्रदायक अस्पातालहरुलाई ५० करोड ८ लाख ४३ हजार दिने निर्णय गरेको हो ।समितिको निर्णयअनुसार अघिल्लो निर्णयमा सम्झौता भइसकेका र हाल सम्झौता भएका मेडिकल कलेज , सरकारी अस्पताल र गैरसरकारी अस्पतालहरुलाई शोधभर्ना मागअनुसारको अनुदान रकम भुक्तानी गरेको हो ।

from रातोपाटी https://ift.tt/32lyMK6

No comments:

Post a Comment

Post Bottom Ad

Pages