कोभिड-१९ बारे भ्रम फैलाउने एक जना पक्राउ    - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Friday, March 27, 2020

कोभिड-१९ बारे भ्रम फैलाउने एक जना पक्राउ   

१५ चैत, सुरुङ्गा । कोरोना भाइसरको सङ्क्रमण देखियो भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाउने एक व्यक्ति शुक्रबार साँझ झापाको दमकबाट पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक विजय पण्डितका अनुसार दमक–१ निवासी ३५ वर्षीय कुमार राईलाई पक्राउ गरिएको हो ।

झापामा ३४१ क्वारेन्टाइन तयार    

सङ्क्रमणबाट बच्न झापामा ३४१ क्वारेन्टाइन निर्माण गरिएको छ । जसमध्ये सबैभन्दा धेरै क्वारेन्टाइन बिर्तामोड नगरपालिकाले निर्माण गरेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । सो नगरपालिकाले मेची आँखा अस्पताल र कञ्चनजङ्घा हेल्थ इन्स्टिच्युट एण्ड नर्सिङ कलेजमा ९० शैयाको क्वारेन्टाइन निर्माण गरेको प्रमुख ध्रुवकुमार शिवाकोटीले बताए । भारतलगायत तेस्रो देशबाट आएका १७ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ ।

मेची नगरपालिकामा ७० शैयाको क्वारेन्टाइन निर्माण गरिएको छ । नगरका विभिन्न ठाउँमा बनाइएका क्वारेन्टाइनमा भारतलगायत तेस्रो देशबाट आएका मानिसलाई राखिएको छ । मेची नगरपालिकामा अहिले २४ क्वारेन्टाइनमा रहेका छन् भने १०२ जना होम क्वारेन्टाइनमा छन् ।

जिल्लाकै पुरानो नगरपालिका भद्रपुरमा ३२ श्ययाको क्वारेन्टाइन निर्माण गरिएको छ । दमक नगरपालिकामा २४ शैयाको क्वारेन्टाइन निर्माण गरिएको छ भने शिवसताक्षीमा १६ शैयाको क्वारेन्टाइन निर्माण गरिएको छ । कचनकवल गाउँपालिकामा १४ शैयाको क्वारेन्टाइन निर्माण गरिएको छ । कमल गाउँपालिकामा भने १३ र अर्जुनधारा नगरपालिकामा १२ शैयाको क्वारेन्टाइन निर्माण गरिएको छ ।

यता बुद्धशान्ति गाउँपालिका, झापा गाउँपालिका, गौरादह नगरपालिका, बाह्रदशी गाउँपालिका र कनकाई नगरपालिकामा १०/१० शैयाको क्वारेन्टाइन निर्माण गरिएको छ । झापामा अहिले ३३१ होम क्वारेन्टाइनमा रहेका छन् भने ५४ जना क्वारेन्टाइनमा रहेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

लकडाउनका समयमा सेवा पुर्‍याउने उद्देश्यले बुद्धशान्ति गाउँपालिकाले ६ वटा एम्बुलेन्स तयार गरेको छ । गाउँपालिकाले नेपाल रेडक्रस सोसाइटीसहितका सामाजिक सङ्घसंस्थाका ६ वटा एम्बुलेन्स तयार गरेको हो ।

एम्बुलेन्सका चालकले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न पिपीइ ड्रेस (पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट) लगाएको गाउँपालिकाका प्रमुख रमेश भुजेलले जानकारी दिए ।



from Online Khabar https://ift.tt/2UGkqk7

No comments:

Post a Comment

Post Bottom Ad

Pages