सिजनको दोस्रो एल क्लासिकोमा रियल म्याड्रिडले बार्सिलोनालाई पराजित गर्दै ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदानमा भएको खेलमा रियल २–० गोलअन्तरले विजयी भएको हो ।रियलले दुवै गोल खेलको दोस्रो हाफमा गरेको थियो । खेलको ७१ औँ मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई अग्रता दिलाए भने यो सिजन ला लिगामा पहिलो खेल खेलिरहेका मारियानो डियाजले इन्जुरी समयमा गोल गर्दै रियलको जीत सुनिश्चित गरे ।यसअघि रियलका लागि करिम बेन्जेमा र बार्साका लागि एन्टोनी ग्रिजमानले गोलको सुन्दर अवसर खेर फालेका थिए
from रातोपाटी https://ift.tt/2Tekic7
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment