कारखानामा मृत्यु भएका मजदुरको परिवारलाई होङ्सीले २५ लाख दिने - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Friday, May 1, 2020

कारखानामा मृत्यु भएका मजदुरको परिवारलाई होङ्सीले २५ लाख दिने

२० वैशाख, नवलपरासी । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाको सर्दीमा रहेको होङसी सिमेन्टले कारखानामा काम गर्ने क्रममा मृत्यु भएको मजदुरको परिवारलाई २५ लाख क्षतिपूर्ति दिने भएको छ ।

मजदुरको बिमा रकम १० लाखमा १५ लाख थपेर २५ लाख दिने सहमति भएको विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर जिसीले जानकारी दिए ।

विनयी त्रिवेणी गाउँपालिका-४ निवासी २५ वर्षीय मदनदास श्रेष्ठको कारखानामा रहेको त्रिपाल झिक्ने क्रममा दोस्रो तल्लाबाट खसेर मृत्यु भएको थियो ।

मृतक श्रेष्ठको शव भरतपुर अस्पतालमा छ । छतबाट खसेर गम्भीर घाइते भएको श्रेष्ठको उपचारको लागि भरतपुर लैजादै गर्दा बाटोमा नै मृत्यु भएको थियो ।

उनको शव शनिबार पोष्टमाटर्म गरी आफन्तलाई जिम्मा लगाइने भएको छ ।



from Online Khabar https://ift.tt/35mosDb

No comments:

Post a Comment

Post Bottom Ad

Pages