तनहुँमा दुईजनामा कोरोना संक्रमण पुष्टि - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, June 4, 2020

तनहुँमा दुईजनामा कोरोना संक्रमण पुष्टि

२३ जेठ काठमाडौं । तनहुँका दुईजना पुरुषमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

जिल्लाको ऋषिङ गाउँपालिकास्थित क्वारेन्टिनमा रहेका ३९ र ४० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको पोखरा स्थित गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । उनीहरु दुवैजना ऋषिङकै हुन् ।

पोजेटिभ देखिएका दुवैजनालाई तनहुँको सरकारी अस्पतालमा रहेको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५६ पुगेको छ ।



from Online Khabar https://ift.tt/2Y5wZqy

No comments:

Post a Comment

Post Bottom Ad

Pages