राजधानी समाचारदाता, काठमाडौ । नेपाल आयल निगम सम्बद्ध ढुवानीकर्ताले नियमित ढुवानीमा अवरोध सिर्जना गरेपछि काठमाडौमा इन्धन अभाव भएको छ ।
मंगलवारदेखि ट्याङ्क सञ्चालनमा आएपछि बिहीवार त्यसको असर काठमाडौको पेट्रोल पम्पमा देखिन थालेको छ । अधिकांश पेट्रोल पम्पले पेट्रोल छैन भन्दै पम्प बन्द गरेका छन् भने सञ्चालनमा रहेका सिमित पम्पले पनि थोरै मात्रै पेट्रोल दिन थालेका छन् ।
चाडबाडको मुखमा इन्धन अभाव भएपछि सर्वसाधारण संकटमा परेका छन् नजिकिँदै दसैको मुखमा इन्धन संकट देखिँदा सर्वसाधारण नागरिक चिन्तामा छन् ।
नेपाल आयाल निगमले बुधवार विज्ञप्ती जारी गर्दै पेट्रोेलियम पदार्थ रोकिएकोमा गम्भिर ध्यानाकर्षण भएको भन्दै ट्याङ्क ढुवानीकर्तासँगको सम्झौता तोड्नसक्ने सम्मको चेतावनी दिएपनि ढुवानीकर्ताले आन्दोलन जारी राखेका छन् ।
यातायात बन्द
मुलुकका विभिन्न स्थानमा यातायात ब्यबसायीले यातायात बन्दा गर्दा सर्वसाधारण बिचल्लीमा परेका छन् । विभिन्न जिल्ला प्रशासन कार्यालयले यातायात सञ्चालनका लागि आग्रह गरेपनि यातायात ब्यबसायीले टेरेका छैनन् । धादिङ, मकवानपुर, पोखरालगायतका स्थानमा यातायात सञ्चालन नहुँदा हजारौं यात्रु अलपत्र परेका छन् ।
from Rajdhani Daily https://ift.tt/2NUP7ke

No comments:
Post a Comment