२० करोडको स्त्रीले कमायो १०१ करोड - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, September 17, 2018

२० करोडको स्त्रीले कमायो १०१ करोड


मुम्बई/एजेन्सी– बलिउड अभिनेता राजकुमार राव पनि सय करोड क्वलमा प्रवेश गरेका छन् । उनले अभिनय गरेको फिल्म स्त्रीले दुई सातामा एक सय करोडको व्यापार गरेको छ ।
फिल्म स्त्री सन २०१८ मा सय करोड क्लबमा प्रवेश गर्ने नवौं फिल्म हो । यो फिल्ममा राजकुमारसँगै श्रद्धाकपुरको अभिनय रहेको छ ।
फिल्म स्त्रीले एक सय करोड भारतीय रुपैयाँ स्वदेशमै उठाए पनि सबैभन्दा कम मूल्यमा यो वर्ष निर्माण भएर सबैभन्दा बढी मुनाफा कमाउने फिल्म सावित भएको छ ।
पछिल्लो शनिबार ३.७६ करोड व्यापार गरेपछि स्त्रीले १०१ करोडको व्यबसायिक सफलता प्राप्त गरेको हो । यो फिल्मलाई भारतीय रुपैयाँ २० करोडमा तयार गरिएको हो ।
फिल्मले अन्तराष्ट्रिय बजारमा पनि राम्रो व्यापार गरिरहेको छ । फिल्मले विश्वव्यापी रुपमा १३० करोड भन्दा माथिको व्यापार गरेको स्त्रीका वितरकले बताएका छन् । हास्यप्रधान हरर जनरको यो फिल्मलाई दर्शकले मन पराएका छन् ।



from Rajdhani Daily https://ift.tt/2QBxNPC

No comments:

Post a Comment

Post Bottom Ad

Pages