हङकङबाट के सिक्ने ? - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, September 29, 2018

हङकङबाट के सिक्ने ?

हङकङबाट के सिक्ने ?

भोजविक्रम बुढा मगर

गत १५ सेप्टेम्बरमा हङकङ आइपुगेको ‘सुपर टाइफुन माङखुट’ अर्थात् ‘शक्तिशाली आँधी’का कारण जनजीवन अस्तव्यस्त बन्यो । तर, स्वयंसेवीले एकै दिनमा सामान्य बनाए । धेरै नेपालीको उत्साहजनक सहभागिता रह्यो, यसमा । जसबाट स्वदेश बस्ने हामीजस्तालाई ऊर्जा–लज्जाबोध भयो ।
बिदेसिएका नागरिक विकसित मुलुकमा त्यहीका नागरिकसरह जिम्मेवारी पूरा गर्न तल्लीन छन् । तर, हामी एकातिर आफ्नो देशलाई समृद्धिको उचाइमा लैजाने भन्दै ‘उत्तरदायित्वविहीन’ बन्दै छांै । नागरिकलाई उत्तरदायित्वबाट विमुख बनाउनुमा राज्यको ठूलै भूमिका रहेको छ । विद्यमान साधनस्रोत वितरणमा राजनीतिक पार्टी र राज्यले नागरिकमाथि खेलबाड गर्दै आएकाले नेपाली नागरिक राज्यप्रति विश्वस्त छैनन् ।


हरेक विकसित देशका आफ्नै कथा छन् । लगभग १६० वर्ष अंग्रेजको उपनिवेश बनेको हङकङ चीनको अंग भए पनि प्रशासनिक संयन्त्र तथा अन्तर्राष्ट्रिय सम्बन्ध विशिष्ट प्रकारको रहेको छ । व्यापारिक केन्द्र भएकैले हङकङ संसारभरका मानिसको संगम स्थल पनि हो ।
हङकङबाट अनुशरण गर्न लायक धेरै कुरा छन्– भूमिगत मार्ग, अकासे मार्ग, प्रविधिमैत्री कारोबार, रोजगार र व्यवसाय । मानौं, अहिल्यै हङकङमा जस्तै नेपालले काम थाल्यो तर सम्पन्न गर्न केही वर्ष होइन, केही दशक नै लाग्न सक्छ । कतिपय यस्ता सामान्य र सहजतापूर्वक कार्यान्वयन गर्न सकिने काम पनि छन्, जसले नेपाललाई दीर्घकालीन रूपमा प्रभाव पार्न सक्छ । यसका लागि न नयाँ संरचनाको खाँचो पर्छ, न त थप जनशक्ति नै । उपलब्ध जनशक्ति र संरचना व्यवस्थित पार्नेबित्तिकै परिणाम हासिल हुन थालिहाल्छ ।
हङकङमा मानिस र सवारी चाप हेर्दा भूगोलले नै नथाम्लाजस्तो देखिन्छ तथापि त्यहाँ प्रविधि व्यवस्थित उपयोग गरिएको छ । जमिनमाथि, मुनि र समुद्रमाथि र मुनि पनि यातायात सुचारु गरेर ठूलो मानव चाप सहजै व्यवस्थापन गरिएको छ । हङकङबाट सिकेर नेपालले थोरै समय र सानो बजेटमै सरसफाइ, सार्वजनिक सेवा, सडक व्यवस्थापन, सार्वजनिक शौचालय, शान्ति सुरक्षालगायतमा ठूलो लाभ लिन सक्छ ।

नेपालको झल्को

हङकङ मूलतः हान जातिको मुलुक हो । चिनियाँ, अंग्रेज, फिलिपिनी, इन्डोनेसियाली, भारतीय, नेपाली, पाकिस्तानी, थाई, जापानीलगायत अन्य एसियन मुलुकका धेरै नागरिक बसोबास गर्दछन् । सन् २०१६ को जनगणनाअनुसार त्यहाँ नेपालीको संख्या २५ हजार ४७२ अर्थात् कुल जनसंख्याको शून्य दशमलव ३
प्रतिशत रहेछ ।
हङकङ पुगेर समुद्रछेउ पुग्दा पोखरा एयरपोर्टको झल्को आउँछ । त्यहाँ घुमिरहँदा धरान, पोखरा वा ठमेल पुगेको भान हुन्छ । कारण, यहाँको स्थानीय र अधिकांश पर्यटक नेपालका राई, लिम्बू, गुरुङ, मगरजस्तै देखिन्छन् । अर्कोतर्फ नेपालीका विभिन्न संघसंगठनका गतिविधिले पनि नेपालकै झल्को दिइरहेका हुन्छन् । हङकङमा नेपाली गैरआवासीय संघ, हङकङ–नेपाली महासंघलगायत लगभग २५० को हाराहारीमा नेपालीका संस्था क्रियाशील छन् । नेपालीले सञ्चालन गरेका रेस्टुरेन्ट, ट्राभल, फाइनान्स कम्पनी, गहना पसल, फेन्सी तथा खाद्य पसल र नेपालमा उत्पादित सामग्री बिक्री–वितरणमा पनि नेपालको झझल्को पाइन्छ ।

सरसफाइ

ठूलो जनसंख्या भएको सानो मुलुक हङकङमा फोहोर व्यवस्थापन सहजै गरिने रहेछ । त्यहाँका कलकारखाना, होटेल, रेस्टुरेन्ट, घरलगायतबाट निस्कने फोहोर छुट्टाछुट्टै समूहमा विभाजन गरिने रहेछ । त्यस्ता फोहोरमध्ये प्रयोगमा आउन सक्नेलाई चक्रीय विधिबाट पुनर्पयोग गर्ने र कुहिने वस्तुलाई मल बनाइने रहेछ ।
वातावरणीय दृष्टिले हानिकारक प्लास्टिकजन्य वस्तु क्रमशः कम गर्दै लगिएको रहेछ । सार्वजनिक ठाउँमा पर्याप्त शौचालय र फोहोर राख्ने कन्टेनर व्यवस्था गरी फोहोर नियन्त्रण गरिएको पाइयो । नेपाली नागरिकलाई पनि हङकङमा जस्तै सचेत र सजग बनाएर दैनिक निस्कने फोहोर व्यवस्थापन गर्न सकिने देखिन्छ ।

ठूलो जनसंख्या भएको सानो मुलुक हºकºमा फोहोर व्यवस्थापन सहजै गरिने रहेछ । त्यहा“का कलकारखाना, होटेल, रेस्टुरेन्ट, घरलगायतबाट निस्कने फोहोरहरूलाई छुट्टाछुट्टै समूहमा विभाजन गरिने रहेछ । त्यस्ता फोहोरमध्ये 
प्रयोगमा आउन सक्नेलाई चक्रीय विधिबाट पुनर्प्रयोग गर्ने र कुहिने वस्तुलाई मल बनाइने रहेछ

सार्वजनिक सेवा

हङकङमा प्रायः सार्वजनिक सेवा अनलाइनबाट लिने गरिन्छ । धेरै सार्वजनिक स्थानमा मानिस हँुदैनन्, प्रविधिबाटै टिकट बिक्री र परीक्षण हुन्छ । प्रविधि विकल्पमा सीमित जनशक्ति उपयोग गरिएको हुन्छ ताकि प्रविधि नजान्नेलाई सहजता मिलोस् । तर, सीमित जनशक्तिले पनि असीमित, छरितो र गुणस्तरीय सेवा दिने रहेछन् । नेपालमा सार्वजनिक सेवा लिन कर्मचारीसित भनसुन गरेर फास्ट ट्र्याकबाट सेवा लिन सक्ने व्यक्तिलाई उच्च कोटिको मानिन्छ । तर, त्यहाँ प्रविधिका माध्यमले घरमै बसेर सार्वजनिक सेवा लिन सकिने अवस्था रहेछ । लाइन बस्नैपर्ने भए व्यवस्थित रूपमा बस्ने संस्कृति त्यहाँ छ । उच्च ओहोदाका व्यक्ति हुन् वा सामान्य, सबैलाई एउटै पद्धतिबाट तुरुन्तै सेवा । सरकारी कार्यालयमा मात्र होइन, होटल, रेस्टुरेन्ट, टिकटघर सबैतिर नै यसरी नै काम हुन्छ ।
नेपालमा आफूलाई ठूला मान्ने केही सेवाग्राही लाइनमा बस्नुपरे अपमानित भएको ठान्ने र खुलमखुला लाइन मिचेर सेवा लिने गर्दछन् । केही सेवाग्राही लाइनमा नबसी भनसुन र चिनजानका आधारमा भित्रभित्रै काम गराउँछन् । त्यसैको परिणाम सर्वसाधारण सेवाग्राही लामो समयसम्म लाइन बस्नुपर्ने बाध्यता छ, जसका कारण राज्य र राजनीतिप्रति नकारात्मक सन्देश प्रवाह हुँदै गइरहेको छ ।

सडक व्यवस्थापन

हङकङको सडक विस्तार र ट्राफिक व्यवस्थापन लोभलाग्दो छ । सडकमा ट्राफिक प्रहरी नभए पनि सबैले ट्राफिक नियम पालना गरेकै हुन्छन् । विद्युतीय संकेत, अन्य ट्राफिक चिह्न र सूचनाका माध्यमबाट सहजै सडक पार गर्न, बस, ट्रेन चढ्न र ओर्लन सकिने रहेछ । भाषा नजान्ने र स्थानको जानकारी नभएका नवआगन्तुकलाई कुनै अप्ठ्यारो नै नपर्ने । दृष्टिविहीनका लागि हरेक सार्वजनिक स्थल र सडकमा सूचना र सुरक्षा पर्याप्त व्यवस्था । सडक छेउछाउ पर्याप्त हरियाली । व्यवस्थित सडक बत्तीका कारण रातमा पनि दिन जत्तिकै उज्यालो । हाम्रो देशमा पनि थोरै मात्र सुधार ल्याउनेबित्तिकै उच्चस्तरको फरकपन ल्याउन सकिन्छ । सडक विस्तार गरेर मात्र हुँदैन, पर्याप्त सुरक्षा र सूचना प्रदान गर्न सक्नुपर्छ । यसका लागि यस क्षेत्रमा कार्यरत जनशक्ति प्रविधिमैत्री र जनउत्तरदायी हुनु  जरुरी छ ।

सार्वजनिक स्थल र शौचालय

सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा अगाडि सारेको छ । लाखांै पर्यटक भिœयाउने योजना बनाएको छ । तर, हाम्रोमा सार्वजनिक शौचालय नै पर्याप्त छैनन् र भएका पनि अव्यवस्थित । एकातिर पैसा तिर्नुपर्ने अर्कोतिर साबुनपानीको पनि व्यवस्था छैन, उस्तै दुर्गन्धित पनि । हङकङमा पर्याप्त शौचालय र सार्वजनिक स्थल छन् । प्रत्येक बस्तीमा पार्क र सबै पार्क तथा सार्वजनिक स्थलमा पर्याप्त सफा शौचालय । शौचालयमा साबुनपानी र पेपरको व्यवस्था । एउटा शौचालयमा एक जना मात्र कर्मचारी व्यवस्था गरिएको हुन्छ, जसले त्यसलाई सफा र व्यवस्थित बनाउने गर्छन् । त्यहाँ कतै पनि शौचालय शुल्क तिर्नुपर्दैन ।


शान्ति शुरक्षा

नेपालका सुरक्षा संगठन व्यावसायिक छन् तर सेवा भने प्रभावकारी छैन । सुरक्षा निकायमध्ये पनि विशेषगरी नेपाल प्रहरीप्रति यस्ता गुनासा धेरै छन् । नेपालमा पैसा र पहुँच भए सबै हुन्छ भन्ने संस्कृति जब्बर बन्दै गएको छ । पैसा र सम्बन्धको दुरुपयोगका कारण नेपालमा कानुनीराजको उपहास भएको छ । देशको शासकीय प्रणालीमाथि ठूलो चुनौती थपिएको छ भने आमनागरिकको सुरक्षा निकायप्रति अविश्वास चुलिँदो छ ।
हङकङको १० दिने बसाइमा थोरै प्रहरी देखिए तर त्यहाँको शान्ति सुरक्षा भने विश्वमै मजबुत मानिँदो रहेछ । आफ्ना बहुमूल्य वस्तु लुटिएला भनेर कसैले चिन्तै लिनुनपर्ने । महिलाप्रति कुनै अभद्र र अवाञ्छित क्रियाकलाप नहुने, मध्यरातमा पनि एक्लै हिँडिरहेका भेटिने । यसको मतलब उनीहरू पूर्ण रूपमा सुरक्षित छन् ।
हामी आफूलाई केन्द्रमा राखेर सोच्छांै । त्यसैले व्यक्तिको स्तर उठे पनि समाजको गति अवरुद्ध छ । नेपाली समाजमा उच्च भए पनि छिमेकी मुलुक र विश्वका अन्य मुलुकको नजरमा हामी कमजोर र लज्जित छांै । घरभित्र बिरालो बने पनि छिमेकमा मुसाको हैसियतमा हाम्रा शासक रहनु दुःखद हो । कुनै पनि देशको शासकीय चरित्रमा शासकको सांस्कृतिक पक्षको महŒवपूर्ण भूमिका रहेको हुन्छ । नेपालका शासकको सांस्कृतिक जगमा देशको राजनीति चलेको छ । ल



from Rajdhani Daily https://ift.tt/2R8eAp1

No comments:

Post a Comment

Post Bottom Ad

Pages