एजेन्सी/मुम्बई– यही दसैंमा रिलिज हुने सलमान खान निर्मित फिल्म ‘लभ रात्रि’को नाम विवाद भएपछि खानले यो फिल्मको नाम फेरेका छन् । यो फिल्मको नाम ‘लभ यात्री’ राखेका छन् ।
दशैंको नौरथामा भारतमा दूर्गापूजा गर्ने क्रममा युवा र युवतीबीच हुने डाँडिया प्रतिस्पर्धा र सो प्रतिस्पर्धाको क्रममा प्रेमसम्बन्ध स्थापित हुने विषयमा यो फिल्म केन्द्रित थियो ।
आफ्ना ज्वाइँ आयुश शर्मालाई यो फिल्मबाट नायकका रूपमा सलमानले उतार्दै थिए । जसका कारण फिल्मको नाम लभ रात्रि राखिएको थियो ।
बिहारको मुज्जफरपुरमा हिन्दु धर्मावलम्बीले दूर्गापूजा र नवरात्रिलाई फिल्मले लभरात्रिको रूपमा अपमान गरेको भन्दै यो फिल्मविरुद्ध मुद्दा दायर गरे । जसका कारण निर्माता सलमान खानले फिल्मको नाम परिवर्तन गरेर लभ यात्री राखेका हुन् । अब फिल्मको नाम ‘लभ यात्री ः ए जर्नी अफ लभ’ बनाइएको छ ।
यो फिल्ममा आयुश शर्मासँगै वारिना हुसेन, रोनत राय, अंसुमान झा, राम कपुर, मोहिनी शर्मालगायतको अभिनय छ । फिल्म लभ यात्रीलाई अभिराज मिनवालाले निर्देशन गर्दै छन् ।
from Rajdhani Daily https://ift.tt/2NrsCUB

No comments:
Post a Comment