काठमाडौं । भारतका हार्दिक पाण्डेया, अक्षर पटेल र शार्दुल ठाकुरले चोटका कारण एसिया कपका बाँकी खेल गुमाउने भएका छन् ।
पाकिस्तानसँगको खेलमा फिल्डिङ गर्दा अक्षरको औंलामा चोट लागेको थियो भने हार्दिक पाण्डेया बलिङ गर्दा असन्तुलित भएर भुँइमा लड्दा घाइते भएका थिए । उनलाई स्ट्रेचरमा राखेर बाहिर लगिएको थियो ।
तीन खेलाडी घाइते भएपछि रविन्द्र जडेजा, दीपक चाहर र सिद्धार्थ कोउललाई टिममा बोलाइएको छ ।
अक्षरको स्थानमा जडेजा आएका छन् । उनी झण्डै एक वर्षपछि भारतीय एकदिवसीय टिममा फर्किएका हुन् ।
यस्तै पाण्डेयाको स्थानमा चाहरलाई राखिने भएको हो । पाण्डेयाले वेस्ट इन्डिजसँगको सिरिजमा पनि गुमाउने आशंका छ ।
साथै हङकङसँगको खेलपछि घाइते रहेका शार्दुलको स्थानमा कोउललाई ल्याउन लागिएको हो ।
भारतीय टिममा बोलाउन लागिएका तीनै खेलाडी भारतमा चलिरहेको विजय हजारे क्रिकेटमा व्यस्त थिए । बिहीबार उनीहरु विजय हजारेका लागि टिममा राखिएका छैनन् । बिहीबार नै उनीहरु युएई पुग्ने बताइएको छ ।
एसिया कपको पहिलो खेलमा हङकङलाई २६ रनले हराएको भारतले दोस्रो खेलमा पाकिस्तानलाई ८ विकेटले हराएको थियो । अब सुपर फोरमा भारतले बंगलादेश, अफगानिस्तान र पाकिस्तानसँग खेल्नेछ ।
from Online Khabar https://ift.tt/2poP81Z
No comments:
Post a Comment