चितवनको कुमरोजमा ग्लोबल आईएमईको शाखारहित सेवा - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Friday, September 21, 2018

चितवनको कुमरोजमा ग्लोबल आईएमईको शाखारहित सेवा

काठमाडौं÷रास– ग्लोबल आईएमई बैंकले चितवनको कुमरोजमा शाखारहित सेवा विस्तार गरेको छ । यो सहित बैंकको शाखारहित बैंकिङ सेवा संख्या १०३ पुगेको छ । बैंकले चितवनको खैरहानी नगरपालिका वडा नम्बर १२ कुमरोजमा आफ्नो १०३औं शाखारहित बैंकिङ सेवा सुरु गरेको हो । सो शाखारहित बैंकिङ सेवाको उद्घाटन जनप्रतिनिधि, बुद्घिजीवी तथा स्थानीयवासीहरुको रोहवरमा गरिएको हो ।

कुमरोजमा खोलिएको शाखारहित बैंकिङ सेवाका लागि स्थानीय राजेन्द्र श्रेष्ठलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । यो शाखारहित बैंकिङ सेवा ग्लोबल आईएमई बैंकको टाँडी शाखाअन्तर्गत रहनेछ । शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्पmत बैंकिङ सेवा लिन सक्ने पनि विज्ञप्तिमा उल्लेख छ । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्ने मोबाइल रिचार्ज गर्नेलगायतका सेवा लिन सक्ने पनि कम्पनीले जनाएको छ ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यस क्षेत्रका बासिन्दा बैंकिङ सेवा उपभोग गर्नका लागि टाढाटाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी बैंकले ती स्थानमा शाखारहित बैंकिङ सेवा सुरु गरेको हो । बैंकले १३२ शाखा, १३८ एटीएम, ५ एक्स्टेन्सन काउन्टर, १५ वटा राजस्व संकलन काउन्टर र १०३ शाखारहित बैंकिङ सेवा, विदेशमा तीन प्रतिनिधि, सम्र्पक कार्यालयमार्फत आफ्ना ९ लाखभन्दा बढी ग्राहकलाई सेवा पु¥याउँदै आएको छ ।

बैंकले अत्याधुनिक प्रविधियुुक्त भाइबर बैंकिङ, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा अस्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि, सम्र्पक कार्यालय स्थापना गरेर ती देशमा रहेका नेपालीलाई सेवा प्रदान गर्दै आइरहेको विज्ञप्तिमा उल्लेख छ ।

 



from Rajdhani Daily https://ift.tt/2Dgz784

No comments:

Post a Comment

Post Bottom Ad

Pages