डाइटिशियन आरमे कार्कीको सुझाव, खानाबाटै निको हुन्छ ग्याष्ट्रिक - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, September 30, 2018

डाइटिशियन आरमे कार्कीको सुझाव, खानाबाटै निको हुन्छ ग्याष्ट्रिक

रमाईलो प्रश्न सोधौं, ‘नेपालीको राष्ट्रिय रोग कुन हो ?’

संभवत सबैले जवाफ दिन सक्छन्, ‘ग्यास्ट्राइटिस ।’

खानपानको उचित संस्कार पालना नगर्दा वा खराब खानपानको कारण ग्याष्ट्रिक हुन सक्छ । यो आम नेपालीको साझा समस्या हो ।

सुन्दा सामान्य लाग्छ, तर ग्याष्ट्रिकले विस्तारै जटिलता निम्त्याउँछ । यसले पेट फुलेको जस्तो हुनने, हावा भरिए जस्तो हुने, खानेकुरा राम्ररी नपच्ने, लामो समयसम्म भोको बस्दा पेट पोल्ने, खान मन नलाग्नु, ढ्याउ आइरहनेजस्ता समस्या हुन्छ । यसले विभिन्न खालका साइड इफेक्ट पनि निम्त्याउने गर्छ । घतलाग्दो कुरा, यस्तो समस्या खानाबाटै निको पार्न सकिन्छ ।

एन्टिअक्सिडेन्टयुक्त खाद्यपदार्थ

एन्टिअक्सिडेन्टयुक्त खाद्यपदार्थको प्रयोगले ग्याष्ट्रिक निको हुन सक्छ । त्यस्ता खाद्यपदार्थ भनेका भिटामिन सी, ए, ˆल्याभोनोइड, क्यारोटेनोइड र फाइटोकेमिकलयुक्त खाद्यपार्थहरु हुन् । यस्तो खानाले सुन्निएको पेटको भित्री तहलाई कम गर्छ । ताजा फलफूल, सागसब्जी, प्याज, लसुन, अदुवा, बेसार, ब्रोकाउली, बन्दाकोबी, कालो चामल आदिमा एन्टिअक्सिडेन्टकोे मात्र प्रसस्त हुन्छ ।

प्रोबायोटिक बढी भएको खानेकुरा

प्रोबायोटिकले हेलिकोब्याक्टर पाइलोरी नामक ब्याक्टेरियालाई नष्ट गर्ने काम गर्छ । यो व्याक्टेरिया ग्यास्ट्राइटिसको प्रमुख कारण हो । दही, मोही, प्रोबायोटिक सप्लीमेण्ट आदि पदार्थमा प्रोवायोटिकको मात्रा अत्याधिक हुन्छ ।

लसुन

लसुन हजारौ वर्षदेखि औषधिको रुपमा प्रयोग हुदै आएको छ । पाकेको वा काँचो दुबै प्रकारको लसुन मानिसको आगि औषधी हुन्छ । लसुनमा प्राकृतिक रुपमा एन्टीबायोटिक, एन्टीइन्ˆलामेटरीलगायतका तत्व हुन्छन् । यसले पनि हेलिकोब्याक्टर पाइलोरी ब्याक्टेरियालाई नष्ट गर्नमा विशेष भूमिका खेल्छ । र, लसुनले ग्यास्ट्राइटिसको कारण पेटमा हुने असरलाई पनि धेरै हदसम्म कम गर्छ ।

फाइबरयुक्त खाना

बढी फाइबरयुक्त खानाले ग्यास्ट्राइटिस र अरु पाचन प्रकृयासम्बन्धि समस्यालाई समाधान गर्ने विभिन्न अध्ययनले पुष्टि गरेको छ । हार्वड स्कुल अफ पब्लीक हेल्थको अनुसन्धानअनुसार बढी फाइबर भएका खानेकुराले अल्सर लाग्ने सम्भावनासमेत ६० प्रतिशतले कम गर्छ । अल्मोण्ड, आँटा , ब्राउन राइस, चिया सिड, आलस, पानीमा भिजाएको, टुसा उमारिएको गेडागुडी, फलफूल तथा सागसब्जीबाट बढी मात्रामा फाइबर प्राप्त गर्न सकिन्छ ।

स्वस्थकर प्रोटिन

घाँस खुवाइएको पशुको मासु, खुला पालिएको कुखुराको मासु, खोर वाहीरको अण्डा, गेडागुडीहरु, स्पाइरुलिना आदि स्वस्थकर प्रोटिनका उपयुक्त स्रोत हुन् । तर, मासुको प्रयोग गर्दा भने विशेष सावधानी अपनाउनुपर्छ । किनकी हर्मोन र एन्टीवायोटिक प्रयोग गरिएको मासुले ग्याष्ट्रिकको असरलाई झन बढाउने काम गर्छ ।

स्वस्थकर फ्याट

धेरै तताइएको तेलयुक्त खानेकुराहरु अस्वस्थकर फ्याटमा पर्छन् । जस्तोकी डिपफ्राई गरेका ससेज, आलु, चिप्स, समोसा, जुलेवी आदी । यस्ता ˆयाटयुक्त पदार्थलाई सकेसम्म आफ्नो दैनिक डाइटबाट हटाउन पर्छ नत्र घटाउनुपर्छ । उमेगा ३ ˆयाटी एसीड स्वस्थकर ˆयाट हो । र, दिनहुँ यसको सेवनले ग्यास्ट्राइटिसको विभिन्न असरहरु कम गर्दछ । उमेगा ३ पाइने खाना भनेका माछामा पाइने तेल, अल्मोण्ड, काजु, एभोकाडो, आलस, चिया सिड आदी हुन् ।



from Online Khabar https://ift.tt/2zFPffo

No comments:

Post a Comment

Post Bottom Ad

Pages