इन्भेस्टमेन्ट बैंकको नयाँ शाखा बाफलमा - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, September 22, 2018

इन्भेस्टमेन्ट बैंकको नयाँ शाखा बाफलमा

काठमाडौं/रास– नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले काठमाडौंको सोल्टीदोबाटो चोकस्थित बाफलमा नयाँ शाखा खोलेको छ । सो शाखाको उद्घाटन बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले गरेका हुन् । कलंकी तथा सीतापाइला आसपासका स्थानीयलाई वित्तीय कारोबार छिटो, छरितो र सहज रूपले प्रदान गर्न न्युरोडको मुन्चा हाउसमा सञ्चालित शाखालाई बाफलमा स्थानान्तरण गरिएको हो । हाल नेपाल इन्भेस्टमेन्ट बैंकको योसहित ७७ वटा शाखा रहेका छन् ।

सर्वसाधारणलाई सहज बैंकिङ सेवा प्रदान गर्ने उदेश्यले वित्तीय सञ्जाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजनाअनुसार बैंकले सेवा विस्तारको अभियानलाई निरन्तरता दिइरहेको हो । ८ लाख ७० हजारभन्दा बढी उपभोक्ता रहेको इन्भेस्टमेन्ट बैंकको १०३ वटा एटीएम पुगेको छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको बैंकको ६० वटा शाखारहित बैंकिङ सुविधा तथा नौवटा राजस्व संकलन केन्द्रका साथै बैंकको सञ्जालमा ७९० बढी भिसा तथा एनपीएन सदस्य बैंकका एटीएम रहेको सो बैंकले जनाएको छ ।



from Rajdhani Daily https://ift.tt/2prgsMK

No comments:

Post a Comment

Post Bottom Ad

Pages