विस्तारै विस्तारै आए निराजन र प्रविशा - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, September 20, 2018

विस्तारै विस्तारै आए निराजन र प्रविशा


काठमाडौं/रास– गायक निराजन कँडेल र गायिका प्रविशा अधिकारी आधुनिक गीत बिस्तारै बिस्तारै…’को भिडियो लिएर दर्शकमाझ आएका छन् ।
प्रमोद कोईरालाको शब्द तथा संगीत रहेको गीतको भिडियो उनीहरुले रिलिज गरेका हुन् । भिडियोमा सागर थापा र स्वाती श्रेष्ठको अभिनय रहेको छ । भिडियोमा बाल कलाकारको रुपमा शाश्वत र अनुश्रेया छन्
भिडियोले बालापान देखि नै प्रेमलाई दर्शाएको छ । बाल्यकालमा अनायासै टाढिएको प्रेम किशोरावस्थामा पुनस् प्राप्त हुनु नै भिडियोको मूख्य कथा रहेको छ । भिडियोको निर्देशन गणेश शाहीले गरेका हुन् । भिडियोमा फराज अर्पणको छायांकन तथा सम्पादन छ ।
गायक निराजन कँडेलले आफ्ना सबै गीतहरुमध्ये बढि आशा गरेको गीत बिस्तारै बिस्तारै… भएको बताए । गायिका प्रविशा अधिकारीले आफुले यो गीतलाई आँफैले मात्रै पनि गाएको र त्यो पछि आउने बताईन् । दुबै जनाले गाएको पनि राम्रो बनेको उनले बताईन् ।



from Rajdhani Daily https://ift.tt/2De4TlN

No comments:

Post a Comment

Post Bottom Ad

Pages